चिनियाँ विदेशमन्त्रीसँगको ओली र दाहालको भेट

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्कनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

काठमाडौं मेरियट होटलमा एमाले अध्यक्ष ओली र दाहालसँग छुट्टा–छुट्टै भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुवै जनाले नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा जोड दिएका थिए । बीआरआई सम्झौता सन् २०१७ मा हस्ताक्षर भएको भए पनि त्यसअन्तर्गत पर्ने कुनै पनि परियोजना अघि बढ्न सकेको छैन ।

बीआरआई र सीमा नाका खुलाउनमा जोड

त्यस्तै, एमाले अध्यक्ष ओलीले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) परियोजना अघि बढाउने विषयमा जोड दिएको एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले जानकारी दिए । साथै अध्यक्ष ओलीले नेपालसँग सीमा जोडिएको तातोपानी र रसुवागढी नाका खुलाउन विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए ।

कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिड नियन्त्रणका लागि सहयोगको विषयमा जोड दिएको एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले बताए । ‘चीनले आफ्नोतर्फ त्यस प्रकारको पूर्वधार निर्माण गरेको छ । नेपालतर्फ पनि सहयोग होस् भनेका छौं,’ भट्टराईले भने ।

त्यस्तै, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पनि बेल्ट एन्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएको भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रूपमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

साथै माओवादी अध्यक्ष दाहालले दुई देशबीचको मैत्री सम्बन्ध’bout चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता दोहो¥याए । अध्यक्ष दाहालले भने, ‘नेपाल सधैं एक चीन नीतिको पक्षमा अडिग रहेको र यहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौं ।’

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका