राजधानीकर्मी गौतमलाई उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार

काठमाडाैं । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार २०७८ बाट राजधानी दैनिकका राजनीतिक व्युरो प्रमुख महेश्वर गौतम पुरस्कृत भएका छन् ।

क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा विशेष समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट विभिन्न विधामा पत्रकारहरुलाई पुरस्कार तथा सम्मान दिएको हो ।

क्ल्बले यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरेको छ ।

त्यस्तै, एक लाख रुपैयाँ राशिकै तेजेन्द्र-सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक प्रदान गरिएको हो ।

यस्तै, क्लबले हरेक वर्ष प्रदान गर्दै आएको पचास हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक प्रमुख उपसम्पादक कुलचन्द्र न्यौपानेलाई दिइएको छ ।

त्यस्तै, जनही पच्चिस हजार रुपैयाँ राशिका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका एसोसिएट एडिटर सुरेश यादव, सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका संवाददाता कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाईन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी वरिष्ठ राजनीतिक सम्वाददाता सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका फोटो पत्रकार रोशन सापकोटालाई प्रदान गरेको छ ।

त्यस्तै, सरोकार टेलिभिजनका सम्पादक रवि प्याकुरेल पच्चिस हजार राशिको रिपोटर्स क्लव पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।

त्यसैगरी क्रियाशिल महिला पत्रकारिता पुरस्कार-२०७८ बाट रेडियो नेपालकी पत्रकार रिता बुढाथोकी, उत्कृष्ट युवा पत्रकारिता तथा कृयाशिल युवा पत्रकारिता पुरस्कारबाट राजधानीकर्मी गौतमसहित इमेजखबर डटकमका प्रधान सम्पादक रामेश्वर सापकोटा, प्राइम टाइम्स एचडीका न्यूज एडिटर बालकृष्ण शर्मा, न्यूज एजेन्सी नेपालका क्यामेराम्यान सुरज प्रधान, प्राइम टाइम्स एचडीका रिपोर्टर तथा प्रोग्राम प्रिजेन्टर डेबिड पाण्डे, कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा, नेपाली रेडियो नेटवर्कका न्यूज रिपोर्टर डाकमान राई र हिमालयन टेलिभ्वाइसका क्यामेरा म्यान सुप्रिम बखुन्छेलाई प्रदान गरिएको हो । सो पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र