राजेश हमालदेखि यम बरालसम्मले जिते निम अवार्ड

काठमाडौं । पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०७८(निम अवार्ड) काठमाडौंमा सम्पन्न भएको छ । सो अवार्ड समारोहमा लोक दोहोरी गायकको अवार्ड डाँडाघरे सांइलीबाट स्वरुप राज आचार्यले, गायिकाको अवार्ड पिर नभाकोबाट रमिला न्यौपानेले, संगीतकारको अवार्ड डाँडाघरे साईलीबाट श्रीकृष्णबम मल्लले, लोकदोहोरी गीतकारको अवार्ड ढाँटे मरिजाउँबाट सविता पोखरेलले हाँसिल गरेका छन् । लोक दोहोरी मोडल पुरुषको अवार्ड मन बुढो भएनबाट अभिनेता राजेश हमालले, लोक दोहोरी भिडियो निर्देशकको अवार्ड मन बुढो भएनबाटै देबेन्द्र पाण्डेले, महिला मोडलको अवार्ड जिसु कोईरालाले प्राप्त गरे ।

पिम नेपालले आयोजना गरेको सो समारोहमा पूर्व उपराष्ट्रपति परमानन्द झा लगायतले अवार्ड प्रदान गरे । सो कार्यक्रममा काँठे गीत तर्फ काँठे भाका गायकको अवार्ड मिर मिरे साईलीबाट अमृत खातीले, गायिकाको अवार्ड मिरमिरे साईली गीतबाटै उमा श्रेष्ठ र गीतकारको अवार्ड असारै मास साईलीबाट डब्बु क्षत्रीले प्राप्त गरे ।

समारोहमा गजलको अवार्ड बी.बी. थापाले, आधुनिक गीतकारको अवार्ड डा. कृष्णहरि बरालले, गायकको अवार्ड नविन कार्कीले, आधुनिक गायक पपुलर गीतको अवार्ड खुसीको गीतबाट यम बरालले, आधुनिक गायिकाको अवार्ड मिलन नेवारले, संगीतकारको अवार्ड ओम प्रकाश राईले, आधुनिक गीतकार महिलाको अवार्ड तारा अधिकारीले हाँसिल गरेका छन् ।

यस्तै आधुनिक तर्फ म्युजिक भिडियो मोडलको अवार्ड अभिनेत्री अनु शाह र अभिनेता सनम कठायतले, भिडियो निर्देशकको अवार्ड अञ्जन शर्माले हाँसिल गरेका छन् । राष्ट्रिय भावको गीतको अवार्ड टेक तामाङले पाए ।

लोकपप गायन तर्फ मेरी डल्लीबाट नविन कुमार पौडेलले, लोकपप गीतकारको अवार्ड नसोध भोबाट अभी क्षत्रीले, लोकपप संगीतकारको अवार्ड सल्लेरीको फेदैमाबाट राजेश थापाले र लोकपप गीत भिडियो निर्देशकको अवार्ड पिरती बस्योबाट केशबराज भट्टले हाँसिल गरे । यस्तै पप गीत तर्फ गायकको अवार्ड शहरबाट कृष्ण भट्टराईले, गीतकारको अवार्ड अर्कै साथीबाट गौतम डंगोलले, नव गायनको अवार्ड सविन सुवेदीले अवार्ड प्राप्त गरे । ध्वानी मिश्रणको अवार्ड नयाँ गलबन्दीबाट मनोज परियारले, छायाँकारको अवार्ड उत्सब दाहालले, कोरियोग्राफरको अवार्ड सुनिता बस्नेतले प्राप्त गरे ।

कार्यक्रममा देउडा गायन तर्फको अवार्ड पुष्पा बोहोराले, देउडा गीत मोडलको अवार्ड चक्र बमले, थारु भाषा गायनको अवार्ड राजेन्द्र शर्माले, मैथली भाषा गायनको अवार्ड आदित्य अजयले, तामाङ भाषा गीत गायकको अवार्ड अभिषेक तामाङले, गायिकाको अवार्ड लक्ष्मी तामाङले, नेपाल भाषा गायनको अवार्ड तेजवती जोशीले, कल्चरल गीतको अवार्ड सिता तुम्रुकले हाँसिल गरे ।

विभिन्न ५१ विधामा प्रदान गरिएको अवार्ड समारोहमा नेपालीसँगै तामाङ, मैथिली, नेपाल भाषा, भोजपुरी, थारु भाषाका गीतमा विभिन्न विधामा पनि अवार्ड प्रदान गरिएको थियो । समारोहमा संगीतकार दिपक शर्मा, पत्रकार कृष्ण भट्टराई लगायत सम्मानित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर