काठमाडौं । नेपाली चलचित्र ‘ग्रहण’ को निर्माण सिक्किमबाट सुरु भएको छ । यो चलचित्रको त्यहाँ एक समारोहबीच निर्माण घोषणा गरिएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रको सिक्किम स्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माले एक समारोहबीच बिहिबार निर्माणा घोषणा गरेका छन् ।
यो चलचित्रमा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ , सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुनेछ । ग्रहणको भारतको सिक्किममा र नेपालमा छायांकन हुने छ ।
फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा , सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, कलाकारहरु विनय श्रेष्ठ , नम्रता श्रेष्ठ, सारुक ताम्राकार, निर्देशक राजीव गुरुङलगायतले यो फिल्मको ’bout बोलेका छन् । सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङले सो क्रममा बोल्दै सिक्किममा छायांकन गरिने फिल्मले दुबै देशको पर्यटनमा सघाउने बताए,‘हाम्रो ठाउँमा छायांकन गर्ने हामीले सघाउनु पर्ने ठाउँमा हामी सदैव तयार छौँ’
सिक्किम फिल्म प्रोमोसन बोर्डका अध्यक्ष पुजा शर्माले कार्यक्रममा भनिन्, ‘हामी यहाँ नेपाली फिल्मलाई स्वागत गर्न तत्पर छौँ । हामी फिल्मको माध्यमले हाम्रो पर्यटन प्रवर्द्धन होस् भन्ने चाहन्छौँ ।’ उनले सिक्किममा ७५ प्रतिशत छायांकन गर्ने फिल्म र ५० प्रतिशत कलाकार र प्राविधिकलाई फिल्ममा सहभागिता जनाउने पोलिसी अनुसार आफूहरुले सहयोग गर्ने बताइन ।
फिल्मको ’boutमा बोल्दै अभिनेत्री नम्रताले यो फिल्मले नेपाल र सिक्किमलाई जोड्ने विश्वास व्यक्त गरिन् ।फिल्ममा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिटै छनौट गर्ने निर्देशक गुरुङले बताए ।






