कांग्रेसले सरकारमा भाग खोज्दा नेकपा एसलाई झट्का

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो ।

सुदूरपश्चिम सरकार

यसअघि सत्तारूढ दलहरू कांग्रेसलाई सत्तामा सहभागी गराउने पक्षमा थिएनन् । कांग्रेस प्रदेश सरकारमा सहभागी भएसँगै नेकपा (एस)मा चरम विवाद उत्पन्न भएको छ ।

शुक्रबार अबेर मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका डा. रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस्तै, आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो ।

यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन् ।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ । नवनियुक्त मन्त्रीलाई शपथ खुवाइएको छ ।

शपथग्रहण कार्यक्रममा नेकपा (एस)का अधिकांश मन्त्री तथा सांसद अनुपस्थित भएका थिए । निवर्तमान आन्तरिक मामिल तथा कानुनमन्त्री पूर्णा जोशीले पार्टीले सबैले मन्त्रीले सामूहिक राजीनामा दिने निर्णय गरेको तर संसदीय दलका नेता दीर्घ सोडारीले त्यो निर्णयको कार्यान्वयन नगरेको बताइन् । उनले, ‘भनिन् पार्टीको निर्णय नमान्नेलाई पार्टीले के गर्छ हेर्न बाँकी छ ।’

उता, पार्टीको निर्णय नमानेको आरोप लागेको भौतिक पूर्वाधारमन्त्री तथा संसदीय दलका नेता दीर्घ सोडारीले भने त्यस’bout कुनै प्रतिक्रिया दिन चाहेनन् ।

स्थानीय चुनावमा केन्द्रको गठबन्धन सुदूरपश्चिममा असर पर्ने भएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको जनाएको छ । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का जना सांसद छन् । अब सुदूरपश्चिममा प्रखुम प्रतिपक्ष दल नेकपा एमाले भएको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीबाहेकलाई हेरफेर गरे पनि माओवादी केन्द्रले पनि फेरेन ।

तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे