‘ ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू’

फाइल फोटो ।

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो । बाँकी ६ हजार ७ सय ४७ तहमा भने तालमेल’bout निर्णय गर्न प्रदेश, जिल्ला र स्थानीय तहलाई अधिकार दिने र तहगत रूपमा संयुक्त संयन्त्र बनाउने सहमति शीर्ष तहमा भएको छ ।

कसलाई कुन महानगरपालिका ?

नेपाली कांग्रेस

काठमाडौं, ललितपुर र विराटनगर

मओवादी केन्द्र

भरतपुर

एकीकृत समाजवादी

पोखरा

जसपा

वीरगन्ज

पाँच दलीय गठबन्धनले तालमेलको मोडालिटी तय गर्न भन्दै बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिकाको उम्मेदवार केन्द्रबाटै तय हुने र बाँकी स्थानीय तहमा तहगत रूपमा संयुक्त संयन्त्रमार्फत निर्णय हुने जानकारी दिए ।

उनले कुन तहमा कसरी कोसँग तालमेल गर्ने भन्ने विषयमा मोडालिटी बनाइने र सोही मोडालिटीअनुसार तल्लो तहसम्म नै संयुक्त संयन्त्रले उम्मेदवार छान्ने बताए ।

‘प्रदेश, जिल्ला र स्थानीय तहमा उम्मेदवार तय गर्न संयुक्त संयन्त्र बनाउने तयारी भइरहेको छ, कहाँ कसरी तालमेल गर्ने भनेर मोडालिटी पनि बनाउँदै छौं, केन्द्रीय तहबाट महानगरको उम्मेदवार तय हुन्छ, अन्य तहमा तल बन्ने संयन्त्रबाटै निर्णय हुन्छ,’ पाँचदलीय चुनावी समितिका संयोजक पौडेलले राजधानीसँग भने ।

स्रोतका अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिने गरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिने गरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको छ ।

सोमबार बसेको गठबन्धनको बैठकमार्फत शीर्ष नेतृत्वले भने उम्मेदवार नै तय नगरी गठबन्धनका उम्मेदवार जिताउन संयुक्त रूपमा सार्वजनिक वक्तव्य नै जारी गरिसकेका छन् ।

‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आह्वान गर्छाैं,’ पाँच दलद्वारा सोमबार जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने शक्ति परिवर्तनविरुद्ध अझै पनि षडयन्त्र गरिरहेकाले सचेत हुन जरुरी रहेको भनिएको छ ।

गठबन्धन तालमेल: महानगरमा केन्द्रबाटै टिकट

६ हजार ७ सय ४७ तहमा उम्मेदवार छान्न संयन्त्र बनाइँदै

‘देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा परिवर्तनविरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि उल्लेख गरिएको छ । यसैगरी, लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न पनि स्थानीय निर्वाचनमा तालमेल गर्नैपर्ने अवस्था रहेको भनिएको छ ।

‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वांगीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 461 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !