९५ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ । आयोगले सोमबार नियमित पत्रकारसम्मेलनका क्रममा सोमबारसम्म ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सकिएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती मतपत्र विभिन्न ४६ जिल्लाका लागि छापिएका हुन् । स्थानीय तहका लागि आवश्यक पर्ने मतपत्रको छपाइको काम जनक शिक्षा सामग्री केन्द्रले गरिरहेको छ ।

पत्रकारसम्मेलनमार्फत आयोगले निर्वाचनका लागि चाहिने सामग्री केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेकोसमेत जानकारी दिएको छ ।

यसैगरी, आयोगले आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक दल र नेताहरूले आचारसंहिता उलंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेस गरेको र केही आउने क्रममा रहेको जनाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता