काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट उनीहरू पक्राउ परेका हुन् ।
बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका हुन् ।
त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट दुई जना, धरान उपमहानगरपालिका–८ गैरीगाउँबाट एक जना र सोही उपमहानगरपालिकाको दुर्गापथबाट एक जना पक्राउ परेका हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट एक जना, झापाको बिर्तामोड नगरपालिका–८ बाट एक जना र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्मारक रोडबाट एक जना पक्राउ परेका हुन् ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका–८ बागमती पुलनजिकबाट एक जना तथा मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेका हुन् ।
अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत औषधि पनि बरामद भएको छ ।
सम्बन्धित समाचार
आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त
सुरक्षा अवस्था’bout सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
सशस्त्र प्रहरीको पोशाक दुरुपयोग गर्नेमाथि बढ्यो कारबाही प्रक्रिया
अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती
आइजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की
चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू
हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?





