अख्तियार कार्यालय अगाडिबाट साझा पार्टीका दर्जन नेता पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्साल अगाडि प्रदर्शन गर्न पुगेका साझा पार्टीका दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले कार्यालय घेराउ गर्न पुगेका सो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा केन्द्रिय सदस्य प्रकाशचन्द्र परियार र युवा संगठनका संयोजक अब्दुल मियाँलगायत छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै साझाले अख्तियारको कार्यालय अगाडि प्रदर्शन गरेको थियो । भ्रष्टाचारको मुद्दामा एक देश दुई कानूनको ब्यवहार अख्तियारले गरेको साझाको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९