जुम्लाका आठ स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी


जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी दर्ता भएको छ । एक नगरपालिका र ७ गाउँपालिकामा ३४ प्रमुख र ३१ जना उपप्रमुख गरि ६५ जनाको उम्मेदवारी परेको हो । पालिका प्रमुखमा एकजना महिलाको मात्रै उम्मेदवारी परेको छ । एकीकृत समाजवादीबाट चन्दननाथ नगरपालिकाको मेयरमा जयलक्ष्मी चौंलागाईँको मनोनयन दर्ता भएको हो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरुले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । तामझामका साथ मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

यी हुन् उम्मेद्वार

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का मानबहादुर रोकाया र उपाध्यक्षमा देवीसिता बुढा (रावत)ले मनोनयन दर्ता गराएका छन् भने नेपाली काँग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढाले मनोनयन दतौ गराएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा धनबहादुर बुढा र उपाध्यक्षमा रीता खत्रीले उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा रणबहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराएका छन् भने नेमकिपाका माधव काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट चन्दननाथ नगरपालिकाको मेयरमा अधिवक्ता पदम शाहीले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा रामदेवी खड्काले उम्मेदवारी दर्ता गराएकी छिन् । मेयर पदका उम्मेद्वार शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् भने उपमेयर खड्का काँग्रेस नेता रामचन्द्र पौडेल मानिन्छन् । त्यस्तै नगरपालिकामा नेकपा एमालेबाट मेयरमा धर्मेन्द्र रोकायाले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा मेनका रेग्मीले मनोनयन दर्ता गराएकी छन् । नेकपा (माओवादी केन्द्र)बाट मेयरमा युवा नेता जीवन बुढा थापाले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा पूर्णिमा विक (रचना)ले मनोनयन दर्ता गराएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा पूर्णसिंक कठायत उम्मेदवार बनेका छन् भने उपमेयरको उम्मेदवार गीता शाही बनेकी छन् । नेकपा (एकिकृत समाजवादी) बाट मेयरमा जयलक्ष्मी चौलागाई र उपमेयरमा भीमबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । यसअघि नेमकिपाबाट मेयरमा जयकृष्ण धराला र उपमेयरमा हस्तना न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमालेबाट उपाध्यक्षमा जुनमाया बोहोराले उम्मेदवारी दिएकी छिन् । तिलामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा मोतिलाल रोकायाले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा एकराज चौलागाई र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

तातोपानी गाउँपालिको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पार्टी अध्यक्ष वीरवहादुर कुँवर (सुरेश) र उपाध्यक्षमा रेउती रावल (सीमा)ले मनोनयन दर्ता गराएका हुन् । यस्तै नेमकिपा बाट हस्त कुँवरले उम्मेदारी दर्ता गरेका छन् । तातोपानीमा काँग्रेसबाट अध्यक्षमा नन्दप्रसाद चौलागाई र उपाध्यक्षमा बिन्दु अधिकारीले मनोनयन दर्ता गराएका छन् भने नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईल मनोनयन दर्ता गराएका हुन् ।

पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महताराले मनोनयन दर्ता गराएका छन् । भने नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराएका छन् ।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढाले मनोनयन दर्ता गराएका छन् नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गए । २०७४ को स्थानीय तहको निर्वाचनबाट नेकपा माओवादी केन्द्रका भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका थिए । पुन अध्यक्षमा मनोनयन दर्ता गराउनको लागि भण्डारीले पदबाट राजीनामा दिएका थिए । त्यसै गुठीचौरमै नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा लोकप्रिय युवा नुचा दानबहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत)ले मनोनयन दर्ता गराएका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राजबहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्यायले उम्मेदावारी दर्ता गराएका छन् । भने नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल (भण्डारीले ) मनोनयन दर्ता गराएका हुन् ।

हिमा गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाहील मनोनयन दर्ता गराएका छन् । भने नेपाली काँग्रेसबाट हिमा गाउँपालिका अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्णा शाहीले मनोनयन दर्ता गराएका छन् । नेकपा एकिकृत (समाजवादी)बाट अध्यक्षमा भैबहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराए । कठायत अघिल्लो निर्वाचनमा तीन मतले पराजित भएका थिए ।

सिंजा गाउँपालिका नेकपा (एमाले) बाट अध्यक्षमा सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढाले उम्मेदवारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकायाले उम्मेदवारी दिएका हुन् । यस्तै नेपाली काँग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्यक्षमा रजनकला शाही उम्मेदवार बनेका छन् । सिंजामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल) ले मनोनयन दर्ता गराएका छन् । नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको धनौजीमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी