Friday, July 23, 2021
HomeNot-to-be-missedस्याङ्जामा असिनाले करोडौँ क्षति

स्याङ्जामा असिनाले करोडौँ क्षति

प्राकृतिक विपतमा फेदिखोला गाउँपालिका

,

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा गए राती (शनिबार) परेको असिनाले करोडौको क्षति भएको छ । गाउँपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको उव्जनीमा निकै क्षति बनाएको हो ।

असिनाले मौसमी र बेमौसमी तरकारी खेतीसंगै केही पशुपंक्षीमा समेत क्षति बनाएको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए । गतबर्ष भन्दा यो बर्ष कृषि उत्पादन बढ्दो अवस्थामा थियो गाउँपालिका प्रमुख सुवेदीले भने, ‘प्राकृतिक विपतले गाँउपालिकालाई नराम्रो क्षति पु-यायो । नमुना कृषि गाउँको अभियान रहेको गाँउपालिकाले प्राकृतिक विपतको सामाना गर्नुप-यो’ उनले भने ।

गत बर्ष २ करोड बराबरको कृषि क्षेत्रमा कारोबार गरेको पालिकाले यस बर्ष उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत कृषक उत्साहित भएका थिए । ‘मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपंक्षी पालन गर्ने किसानको संख्या बढ्दो थियो’ गाउँपालिका प्रमुख सुवेदीले भने यो क्षतीले सिङ्गो गाँउपालिका चिन्तित रहेको छ ।’ भारी असिनाले सबै सखाप भएपछि किसान निकै चिन्तित बनेको बताइएको छ ।

यस बर्ष गाउँपालिकाले गत बर्षको तुलनामा ३० प्रतिशत उत्पादनमा बृद्धी गर्ने लक्ष्य बोकेको थियो तर असिनाले सबै लक्ष्य उडाइदिएको छ । स्थानीय कुमार सुवेदीले व्यवसायका लागि संचालन गरेको पोल्र्टी फार्ममा समेत असिनाले क्षति पु-याएको छ । भर्खरै स्थापना गरेको पोल्र्टी फर्ममा असिनाको असरले १२०० कुखुराको चल्लालाई क्षती पु-याएपछी फर्मका संचालक कुमार सुबेदीले दुखी बनेका छन् । बैदेशिक रोजगारी छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने उदेश्यले शुरु गरेको पोल्र्टीफार्ममा असिनाले क्षती पु-याएपछि प्राकृतिकले पनि साथ नदिएको गुनासो व्यक्त गरे ।

असिनाले केही बाख्रा मरेको खबर प्राप्त भएको छ । यसैगरी नमुना कृर्षि गाउँको अभियानमा लागेको वडा नं १ को तरकारी बारी पनि असिनाले नष्ट भएको छ । ‘मौसमी तथा बेमौसमी तरकारी खेतीलाई असिनाले सखाप बनायो सिङ्गो गाउँबासीमानै रुवाबास मच्चिएको छ अगुवा कृषक बिष्णु सुबेदीले बताए । टमाटर, काउली, बन्दा, लसुन र आलुमा ठुलो क्षति भएको सुबेदीले जानकारी दिए । यहाँको वडा नं ४ आरुखर्क र १ नं वडामा सबैभन्दा बढी क्षती भएको छ भने २ र ३ नं वडामा भने आशिंक क्षति भएको छ । अहिले सम्म करिव ६ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ । असिनाले गाँउपालिकामा कति रकम बराबरको क्षती भएको छ भन्ने विषयमा विवरण संकलन कार्य चलिरहेको बताइएको छ ।

Loading comments...

आजको समाचार

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

साताका लोकप्रिय समाचार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

  काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।  मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

  एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका  पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।  श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

ट्रेन्डिङ

रिर्पोट नआउदै क्वारेन्टाईनबाट घर पठाईएका ५८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले क्वारेन्टाईनबाट घर पठाएकाहरुमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउपालिकाले कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि...

भौतिक मन्त्रालयको बोलपत्र भदौभित्रै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समयमै काम सम्पन्न गर्न भदौभित्रै बोलपत्र कार्य सम्पन्न गर्ने तयारी गरेको छ । हरेक वर्ष असार मसान्तमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?