प्रहरी महानिरीक्षक बढुवाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि सिनियर एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् ।

सिनियर एआईजी पोखरेलको तर्फबाट अधिवक्ता सुनिता राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् । सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न रिट निवेदनमा माग गरिएको छ ।

सिंहलाई हिजो मन्त्रिपरिषद्को बैठकले आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई पन्छाउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन