उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

भैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।

मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने ’bout अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत भागमा जलेको छ ।

विस्फोटले घरमा समेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामा समेत परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 558 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा