ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी


खोटाङ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एमालेका उम्मेदवार गीरेन्द्रबहादुर राई अध्यक्षमा बिजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई १२६ मतले पछि पार्दै गीरेन्द्र बहादुर गाउँपालिका अध्यक्ष विजयी भएका हुन् ।

गीरेन्द्र बहादुरले २६०६ मत पाएका छन भने श्रीबहादुरले २४८० मत पाएका थिए । उपाध्यक्षमा भने गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी बिजयी भएको निर्वाचन अधिकृत रमाकान्त यादवले बताए । राजभण्डारीले ३१४६ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी पुष्पकला भुजेलले २५९५ मत पाएकी छन् ।

स्वतन्त्र उठेका कांग्रेसका सन्तबीर तामाङले १००७ मत प्राप्त गरेका छन् । कांग्रेस पालिका सभापति रहेका तामाङले बागी उठेर गठबन्धनको मत काटेकाले एमालेका गीरेन्द्रलाई जीतका लागि सहज भएको थियो ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओबादी केन्द्रका पुरूषोत्तम राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा एमालेका नन्दबहादुर तामाङ, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा एमालेका टेकेन्द्र राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा माओवादी केन्द्रका भक्तबहादुर तामाङ, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा कांग्रेसका टंकराम राई, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा कांग्रेसका सुनिल राई र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा एमालेका अरूण राई वडाध्यक्ष विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज