माझी महिला बनिन् वडाअध्यक्ष

सिन्धुली । जिल्लाको दुधौली नगरपालिका वडा नं. ३ मा माझी समुदायकी महिला वडा अध्यक्ष निर्वाचित छिन् । नेपाली कांग्रेस दुधौलीकी नेतृ भद्रा माझी जिल्लाको पहिलो महिला माझी समुदायकी वडा अध्यक्ष बनेकी छिन् ।

उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा चुनावी मैदानमा थिईन । जिल्लामा ७९ वडामा उनी एक मात्र वडा अध्यक्षको महिला उमेदवार थिईन ।

माझीले ८०६ मत प्राप्त गरेकी छिन भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका किसनलाल कुँमरले ५ सय ५७ मत प्राप्त गरेका छन् ।
एमालेले स्थानीय निर्वाचनमा २०४९, २०५४ र २०७४ मा जितेको उक्त वडामा माझीले जित हात पारेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर