हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार


मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी