चुरोटको विषयमा विवाद हुँदा बन्चरो प्रहार गरी सहोदर भाइको हत्या

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा दाजुले आफ्नै भाइको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार चुरोटको विषयमा विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका हुन् ।

आज (आइतबार) बिहान करीब ५ बजे बन्चरो प्रहार गरी १८ वर्षीय देवकुमार धामीको हत्या गरिएको हो । हत्यामा संलग्न ३० वर्षीय देवराज धामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको डीएसपी कार्कीले जानकारी दिए ।

उनका अुनसार देवकुमार र देवराज सहोदर दाजुभाइ हुन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

‘चुरोटको विषयमा दाजुभाइको विवाद भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, दाजु चैँ लाटो–लाटो जस्तो रहेको र त्यति नबोल्ने पनि खुलेको छ,’ डीएसपी कार्कीले फोन सम्पर्कमा भने, ‘आज बिहान ५ बजेपछि भएको घटना हो, हामीले अहिले नियन्त्रणमा लिएर घटना’bout थप अनुसन्धान गरिरहेका छौँ ।’

उनका अनुसार मृतक देवकुमारको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती