भारत दक्षिण अफ्रिकासँग पराजित

दक्षिण अफ्रिकाले दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा घरेलु टोली भारतलाई हराएको छ । गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय इनिङस् खेले ।

यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।

भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दिनेश कार्तिकले अविजित ३० रन जोडे । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?