महेन्द्रनगर । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक महिलाको ज्यान गए पछि पूर्वपश्चिम राजमार्गमा तनावग्रस्त बनेको छ ।
बुधबार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री वेदकोट नगरपालिका–७ की २८ वर्षीया विमला जोशीको मृत्यु भएका हो । आक्रोशित स्थानीय तथा मृतकका आफन्तले बेदकोट नगरपालिका–७ सुडा फार्म सेन्टम होटेल नजिक चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले मृतका आफन्तलाई क्षतिपूर्तिसँगै दोषीलाई कारबाहीको माग गरेका छन् ।
मृतक जोशी सडक पार गर्दै गर्दा वेदकोट–७ स्थित पूर्वपश्चि राजमार्गमा बसले ठक्कर दिएको थियो । बस चालक भीमदत्त नगरपालिकाको –७ का ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।