नगर कार्यपालिकाको बैठक पाँच महिनादेखि अबरुद्ध

लमजुङ । लमजुङको कान्छो राइनास नगर कार्यपालिकाको बैठक पछिल्ला पाँच महिनादेखि अबरुद्ध छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको मनोमालिन्यका कारणले बैठक अवरुद्ध भएको हो ।

नगर कार्यपालिकाको २१ सदस्यीय समितिमा १७ जना उपमेयरसहित नेपाली काँग्रेसका प्रतिनिधिहरू रहेका छन् । मेयरसहित ३ जना नेकपाका प्रतिनिधिहरू छन् भने एक जना प्रमुख प्रशासकीय अधिकृत त्यसको सदस्य सचिव रहने व्यवस्था छ ।

आफूले नियमानुसार हरेक महिना कार्यपालिकाको बैठक बोलाउने गरेको र ४ जनाको मात्र उपस्थिति रहने गरेको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । उनले भने, ‘१७ जनाले बैठक पुस्तिकाको उपस्थितिमा सही नगरेपछि बैठकको निर्णय कसरी गर्ने ? हामी चार जनाले त सधैंको बैठकमा सही गरेकै छौं, नगरपालिकाले गर्नु पर्ने हिउँदे अधिवेशनको समेत निर्णय हुन सकेको छैन ।’

उनका अनुसार उपमेयर लगायतका साथीहरूको प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध खेदप्रस्ताव पारित गरौं भन्ने अडान छ, त्यस कार्यले झनै दुरी बढाउने काम गर्ने, त्यो नजिर बन्ने र गलत सन्देश जाने भएको हुँदा त्यसो नगरौं भन्ने मेरो आग्रह हो । कर्मचारी भनेको हामीले गरेका निर्णय कार्यान्वयन गर्ने व्यक्ति भएको हुँदा निर्णय गरेर कार्यान्वयनका लागि दबाब दिउँ भन्दा साथीहरू मानिरहेको छैनन् मेयर थापाले बताए ।

यस’boutमा उपमेयर धनकुमारी गुरुङले प्रमुख प्रशासकीय अधिकृतले आफूहरूको मानमर्दन गर्ने बोली व्यवहार गर्र्दै आएको र एक दिनको कार्यपालिका बैठकमा समेत हामीले भनेको निर्णय लेख्न अस्वीकार गर्दै बैठक बहिस्कार गर्र्दै सिंगो कार्यपालिकालाई अपमान गर्दै बैठकबाट निस्केर हिडेको बताइन् । उनले भनिन् ‘तर मेयरले त्यस्तो प्रमुख प्रशासकीय अधिकृतलाई काखी च्याप्ने काम गरेका कारण नगरपालिका अनिर्णयको बन्दी बनेको हो । गाँठो फुकाउने काम मेयरको हातमा छ, जनप्रतिनिधि भएर कर्मचारीको अपमान कति सहने ?’

यस’boutमा प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसँग सम्पर्क गर्दा बैठक अवरुद्ध भयो भन्ने गलत कुरा हो, कस्ले सुनायो ? भन्ने प्रतिप्रश्न गरे । उनले भने, ‘नगरसभाले गरेका निर्णय कार्यान्वयनमा कुनै समस्या छैन । योजनाको सम्झौता गर्ने, सम्पन्न भएका कामको भुक्तानी लिने लगायतका दैनिक कामहरू कुनै रोकिएको छैनन् कसरी नगरपालिका अनिर्णयको बन्दी हुन्छ ?’ उनका अनुसार जनप्रतिनिधिका आफ्नो रुचिका योजनामा मनलाग्दी माग गरिएको हुन्छ ५, ७, १० लाख रकम चाहियो भन्दै, दिनका लागि स्रोत पनि हुनुपर्छ, स्रोत नभएको हुँदा स्रोतको पहिचान गरेर मात्र निर्णय गरौं भन्ने अनुरोध गर्दा म अर्घेलो भएको हुँ ।

उनले भने, ‘हालै राष्ट्रपति कप सम्पन्न भयो, स्वास्थ्य केन्द्र नभएको १, ३, ५ र ७ नंबर वडामा स्वास्थ्य केन्द्र सञ्चालनका लागि करारमा एक एक जना अहेव, अनमी र कार्यालय सहयोगीको १५ दिने सूचना निकालेर नियुक्ति गरी औषधि समेत व्यवस्था गरी खटाएको अवस्था छ, के रोकिएको छ र ?’ उनले थप भने, ‘पत्रकारले नगरपालिकाले गरेका सकारात्मक कामतर्फ पनि ध्यान दिनु प¥यो ?’

‘नगरपालिका अनिर्णयको बन्दी भएको छैन रे ! दैनिक काम त जारी छ रे नि ?’ भन्ने मेयर थापासँग पुनः राखेको जिज्ञासामा उनले गत कार्तिक महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको साँचो भएको बताए । उनले भने, ‘महिनै पिच्छे बैठक बसेर कार्यपालिकाले गर्नु पर्ने निर्णय कार्तिक महिना यता हुन सकेको छैन, हिउँदे सभा बस्ने समय समेत नाघ्यो भन्दा हुन्छ, त्यसको निधो हुन सकेको छैन, यसलाई के भन्नु हुन्छ ?’ उनका अनुसार कमजोरी हाम्रा जनप्रतिनिधिबाटै बढी भएको देखिन्छ । नगरपालिकाको यस्तो स्थिति नेकपा तथा काँग्रेसको स्थानीय तथा जिल्ला नेतृत्वलाई पनि थाहा छ तर उनीहरूले समेत निकासको पहल नगरेको स्थानीयबासीको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव