काठमाडौं । नेपाल चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई ३१ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । प्रतिद्वन्द्वी क्षेत्रीले ३९ मत ल्याए भने दिनेशले ७० मत ल्याए ।
यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली निर्वाचित भएका छन् । संघकै उपाध्यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा सर्वाधि मत १०५ , सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् । प्रदीप कार्की संघको कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा विनोद पोखरेल विजयी भएका छन् ।
सदस्यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) विजयी भएका छन् ।