आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान