काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।
आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।
अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ । महासचिव कसलाइ बनाउने भन्नेमा नेताहरूविच छलफल जारी छ । अर्थमन्त्री जनार्दन शर्मा र वर्षामान पुन मध्ये एकजना महासचिव हुने सम्भावना रहेकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)






