नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको श्रावण ७ गते ४४आंै स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपालमा कम्युनिस्ट विचार फैलाएर कम्युनिस्ट पार्टी स्थापना गर्ने पहिलो व्यक्ति पुष्पलालबाट यति बेला नेपालका कम्युनिस्ट पार्टीहरू तथा वामपन्थीहरूले पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाएर समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक युगीन अभिभारा रहेको सन्दर्भमा पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलनमा पु-याएको योगदान र अबको वाम आन्दोलनको बाटो’bout प्रस्तुत लेखमा उल्लेख गर्न जमर्को गरिएको छ ।
नेपालमा गणतन्त्र ल्याउन बाटो देखाउने पहिलो व्यक्तित्व नै पुष्पलाल थिए । आज पुष्पलालले अगाडि सारेका सोच र विचारकै आधारमा मुलुकमा सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएर युगान्तकारी परिवर्तन भएको छ र मुलुक समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको छ । यस अर्थमा पुष्पलाल युगपुरुषका रूपमा परिचित छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, नयाँ नेपालका स्वप्नद्रष्टा, युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म १५ असार १९८१ मा रामेछाप जिल्लाको भँगेरीमा बुबा भक्तलाल श्रेष्ठ र आमा तुल्सीमायाको कोखबाट भएको थियो र मृत्यु ७ श्रावण २०३५ मा भएको थियो । जहानियाँ राणाशासनले आप्mना दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि उनमा राणाशाहीविरूद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो । अत्याचारी, सामन्ती राणाशासनलाई अन्त्य गर्नुपर्छ भन्ने भावना जागृत भयो । राजनीति सुरुवात गर्ने क्रममा पुष्पलाल सुरुमा नेपाली कांग्रेसको सचिव पदमा रहेर काम गरे । तर, क्रान्तिकारी स्प्रिटअनुसार कांग्रेसले राणाका विरुद्ध संघर्ष गर्न सक्तैन भन्ने निष्कर्ष निकालेर पुष्पलाल कांग्रेस पार्टीबाट अलग भए । र, राणा शासनलाई फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने दृढ अठोट पुष्पलालले लिए र उनले माक्र्सवादको अध्ययन गर्दै पहिलोपटक भूमिकासहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने काम गरे । देशभित्र राणा शासनको दबदबा भएको कारण भारतको कलकत्तामा गएर १० वैशाख २००६ अर्थात् ईसं १९४९ अप्रिल २२ मा पुष्पलालले आफूसहित निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे ।
नेपालमा गणतन्त्र ल्याउन बाटो देखाउने पहिलो व्यक्तित्व पुष्पलालले अगाडि सारेको सोच र विचारकै आधारमा मुलुकमा सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको छ
पुष्पलालको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरुप २०६३ सालमा मुलुकमा गणतन्त्र स्थापना गर्न सम्भव भयो । पुष्पलाल नेपालमा माक्र्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व थिए । पुष्पलालको नेपाली कम्युनिस्ट आन्दोलनमा पु-याएका योगदान विशिष्ट रहेको छ । पुष्पलालका योगदानहरू निम्नानुसार रहेका छन् :
पहिलो, पुष्पलालले नै पहिलोपटक २००५ सालमा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर माक्र्सवादी विचार फैलाउने काम गरेका थिए । दोस्रो, पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर शोषित, पीडित जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो देखाए । तेस्रो, पुष्पलालले नेपाली समाजको ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा विश्लेषण गरेर सामन्तवाद विरोधी आन्दोलनलाई अगाडि बढाउन नेपाली समाजको चरित्र निरुपण गर्दै आधारभूत अन्तरविरोध र प्रधान अन्तरविरोधको निर्धारण र नेपाली क्रान्तिको बाटो, क्रान्तिका शत्रु र मित्र शक्ति, सामन्तवादविरूद्धको संयुक्त जनआन्दोलनको कार्यनीति’boutमा नीति निर्धारण गरेर नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेर सामन्तवाद विरोधी आन्दोलनलाई दिशाबोध गर्दै वैचारिक नेतृत्व प्रदान गर्ने काम गरे । चौथो, पुष्पलालले नेपाली क्रान्तिलाई अगाडि बढाउन निरंकुश राजतन्त्रको अन्त्यका लागि वाम एवं लोकतान्त्रिक शक्तिहरू मिलेर संयुक्त जनआन्दोलनको कार्यनीति अवलम्बन गर्ने जुन विचार अगाडि सारेका थिए, त्यसैको परिणामस्वरूप २०६२÷६३ मा सर्वहारा श्रमजीवी वर्गको अग्रदूत कम्युनिस्ट पार्टी र लोकतान्त्रिक राजनीतिक शक्तिहरूको संयुक्त आन्दोलनबाट नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना गर्न सम्म्भव भयो ।
पाँचाैं, पुष्पलालले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा अगाडि बढाउन तीन ‘स’ अर्थात् ‘सिद्धान्त, संगठन र संघर्ष’को सिद्धान्तबाट निर्देशित भएर पार्टी सञ्चालन गर्न हमेसा जोड दिएका छन् । कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादका सार्वभौम सिद्धान्त र सत्यतालाई दृढतापूर्वक आत्मसात् गर्ने र कार्यकर्तालाई तदनुरूप माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रेरित गर्नुपर्छ भन्ने मान्यतामा दृढ थिए । कुनै पनि वस्तु स्थायी छैन । सबै गतिशील छन् । दुनियाँमा निरन्तर प्रगति भइरहन्छ । उत्पादनका साधनमा प्रगति भएपछि विचारधारामा पनि क्रान्ति हुन्छ । यसले गर्दा नयाँ र पुराना विचारधाराको क्षेत्रमा पनि संघर्ष हुन्छ । यसको सही समाधान माक्र्सवाद–लेनिनवादले मात्र गर्छ । पार्टीको सिद्धान्त, नीति, विचारमा कार्यकर्ता अस्पष्ट भएमा पार्टीको क्रान्तिकारीपन भुत्ते हुन्छ । अतः पार्टीले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई दृढतापूर्वक आत्मसात् गर्दै कार्यकर्तालाई दीक्षित गरे मात्र पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले क्रान्तिकारी पार्टी बन्छ भन्ने पुष्पलालको विचार अहिले पनि सामयिक छन् ।
देशमा रहेको गरिबी र बेरोजगारीलाई न्यूनीकरण गरी समृद्धि हासिल गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अभिभारा पूरा गर्ने आर्थिक–सामाजिक रूपान्तरणसहितको समाजवाद निर्माण आजको आवश्यकता हो
छैटौं, पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण’boutमा महत्वपूर्ण विचार प्रदान गरेका छन् । उनले पार्टीले सही सिद्धान्त मात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति र विचारलाई आमजनताबीचमा पु¥याउन र पार्टीभित्र जनतालाई संगठित गर्न आधारभूत तहसम्म पार्टी संगठनको संरचना विस्तार गर्नुपर्छ भन्ने विचार अगाडि सारेका छन् । यस्तै, पार्टीमा आधारभूत तहका मानिस, मजदुर, किसान, सुकुमवासी, गरिब किसान तथा निम्न मध्यम वर्गका मानिसलाई भर्ती गर्न सकिएन भने तथा पार्टीभित्र पुँजीवादी, धनी किसान र सहर बजारका मध्यम वर्गका मानिसको संख्या बढ्न थाल्यो भने नेतृत्वमा उनीहरू नै चाँडो पुग्छन् र पार्टीमा अवसरवादी र संशोधनवादीको बाहुल्य बढ्न थाल्छ भन्ने विषयमा पुष्पलालले स्पष्ट विचार अगाडि सारेका छन् ।
सातौं, पुष्पलाल ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भनेर हमेसा जोड दिने काम गरेका छन् । कम्युनिस्ट पार्टीमा प्रायजसो व्यक्तिहरू पार्टीको नीति वा सत्यका पक्षभन्दा पनि शक्ति र नेता (नेतृत्व)को पछि लाग्ने गरेका छन् । पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरू नेताको पछि लाग्ने र अमुक नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति छ । यो वास्तवमा गलत प्रवृत्ति हो ।
आठौं, पुष्पलाल कम्युनिस्ट पार्टीलाई जनवादी केन्द्रीयताका आधारमा सञ्चालन गर्न र पार्टीभित्र आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित गर्न हमेसा जोड दिने नेता थिए र पिठ्युँपछाडि पार्टी र नेतृत्वको कुरा काट्ने कदापि गर्नुहुन्न र विचार र पद्धति तथा पार्टी परम्पराबाट पार्टी सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा अडिग पुष्पलालले पार्टी पद्धति भनेको जनवादी केन्द्रीयताको पद्धति हो, जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पहल हुन् । यी तराजुका दुई पल्लाझैँ हमेसा यिनको बराबर सन्तुलित अभ्यास पार्टीभित्र गरिनुपर्छ । यसमा बेथिति वा असन्तुलन आएमा पार्टी जीवनमा नै बेथिति देखापर्छ र यसले पार्टीमा निरंकुशता, स्वेच्छाचारिता र अराजकता सिर्जना गर्छ भन्ने विचार पुष्पलालले अगाडि सारेका थिए ।
९औं, पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली क्रान्ति गर्ने जुन विचार नीति, कार्यक्रम अगाडि सारे तर पार्टी स्थापना महाधिवेशनदेखि नै पुष्पलालका विचारका विरूद्ध पार्टीभित्र संशोधनवाद हाबी हुन थाल्यो परिणामस्वरूप उनी संस्थापक महासचिव भएर पनि २०१० सालमा भएको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित भएनन् । दोस्रो महाधिवेशनमा पुष्पलालको गणतन्त्रको कार्यदिशा पारित भयो तर नेतृत्व केशर रायमाझीले हत्याउन सफल भए र उनले राजावादी लाइन लिएर पार्टीलाई दक्षिणपन्थी बाटोबाट अगाडि बढाउन थाले । पुष्पलालले पार्टीभित्र देखापरेको दक्षिणपन्थी अवसरवाद र राजापरस्त लाइनको दृढतापूर्वक विरोध गर्दै तेस्रो महाधिवेशनबाट विद्रोह र पुनर्गठन गरेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन नेतृत्व गरे । पुष्पलालले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र राजापरस्त नीतिका सामु आत्मसमर्पण नगरीकन विद्रोह र पुनर्गठनको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएकै परिणामस्वरूप आज नेपालमा कम्युनिस्ट आन्दोलनको जुन विकास र विस्तार भएको छ, यसमा पुष्पलालको ठूलो योगदान रहेको छ ।
पुष्पलालले स्थापना गरेको एउटै मात्र कम्युनिस्ट पार्टी ७२ वर्षमा आइपुग्दा सानाठूला गरी १४ वटा कम्युनिस्ट पार्टी अहिले क्रियाशील रहेका छन् । कम्युनिस्ट पार्टी स्थापना र सञ्चालनको सैद्धान्तिक वैचारिक आधार भनेको माक्र्सवाद र लेनिनवादी सिद्धान्त नै हो । तर, पनि आज कम्युनिस्टहरू विभाजित छन् । कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी भड्काव तथा दक्षिणपन्थी अवसरवादी सोच र चिन्तनकै कारण आज नेपाली कम्युनिस्टहरू विभाजित अवस्थामा छन् । पुष्पलालले फैलाएका विचारको आधारमा झन्डै दुई तिहाइको जनमत वामपन्थी जनमतका रूपमा विकास र विस्तार भएको छ । तर, नेपालका कम्युनिस्टहरू विभाजित अवस्थामा रहँदा अल्पमतमा झर्दै गएको बुर्जुवा शक्तिले नै संसदीय राजनीतिमा तथा राज्यसत्ताको नेतृत्व गर्ने अवसर पटकपटक प्राप्त गरेको छ । भाइ फुटे गँवार लुटे भन्ने उक्ति यति बेला चरितार्थ भएको छ । एमाले र माओवादी मिलेर बनेको नेकपालाई अदालत लगाएर पुनः विभाजन गराउने काम भयो । नेकपाभित्र भएको अन्तरसंघर्षको सही ढंगबाट व्यवस्थापन हुन नसक्दा अर्थात् पुष्पलालले अगाडि सारेको विचारअनुसार पार्टी सञ्चालन हुन नसक्दा एकीकृत भएको कम्युनिस्ट पार्टी पुनः विभाजित हुनु नेपालको वाम आन्दोलनका लागि दुःखद् घटना हो ।
यतिखेर पुष्पलालले मुलुकको वाम एवं लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको विशद व्याख्या विश्लेषण गरेर त्यसको निष्कर्ष अनुरूप असंवैधानिक गतिविधि गर्ने, सर्वसत्तावादी ढंगबाट शासन सञ्चालन गर्ने र मुलुकलाई प्रतिगमनको बाटो लैजाने शक्ति र प्रवृत्तिका विरूद्धको संघर्षलाई अझ तेज बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्दै समाजवादी क्रान्ति गरेर वैज्ञानिक समाजवाद स्थापना गरी नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्न पुष्पलालबाट सिक्नुपर्ने थुप्रै विषय छन् । यसैगरी, कम्युनिस्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवाद, अहंकारवाद र सर्वसत्तावादी सोच र चिन्तनका विरूद्ध दृढतापूर्वक वैचारिक संघर्ष गरेर कम्युनिस्ट पार्टीलाई ‘सिद्धान्त, संघर्ष र संगठन’को नीतिअनुरूप सञ्चालन गरी पार्टीलाई वैचारिक, सांगठनिक एवं क्रान्तिकारी पार्टी निर्माण गर्ने पुष्पलालले अगाडि सारेको विचारका आधारमा कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा विकास गर्न र एकीकृत कम्युनिस्ट आन्दोलनको विकासका लागि पुष्पलालले देखाएको सिद्धान्त, संघर्ष र संगठनको बाटोबाट अगाडि बढ्न नेपालका वामपन्थीहरूले ध्यान दिनु जरुरी छ ।
नेपालका कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता वा एकीकरण सम्भव देखिँदैन । तर पनि, विचार मिल्ने कम्युनिस्ट पार्टीबीच सहकार्य वा संयुुक्त वाममोर्चा बनाएर अगाडि बढ्नसक्ने प्रचुर सम्भावना रहेको छ । यति मात्रै होइन, समाजवादी विचार बोक्ने अन्य राजनीतिक शक्तिहरूसहितको बृहत् ‘समाजवादी केन्द्र’ बनाएर अगाडि बढ्ने’bout पनि छलफल भइरहेको विषय सार्वजनिक भएको छ । यो सकारात्मक कुरा हो । वामपन्थीहरू तथा समाजवादी विचार बोक्ने राजनीतिक शक्तिहरूबीच गठबन्धन बनाएर अहिलेको वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिँदै आगामी संघ र प्रदेशको निर्वाचनमा संयुक्त रूपमा खडा हुँदा आगामी सरकार पनि वाम–लोकतान्त्रिक शक्तिहरूकै नेतृत्वमा हुने पक्का छ । तर, यस्तो वाम–लोकतान्त्रिक गठबन्धनले केबल सत्तामा पुग्ने मात्रै होइन कि, राष्ट्रका सामुको अभिभाराका रूपमा रहेको राष्ट्रियता, जनजीविका र लोकतन्त्रको सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ ।
वाम–लोकतान्त्रिक गठबन्धनले चुनावी साझा घोषणापत्र जारी गर्ने, गठबन्धनका माध्यमबाट संयुक्त रूपमा निर्वाचनमा उम्मेदवार खडा गर्ने, निर्वाचनपश्चात् राज्यसत्ता सञ्चालनमा गठबन्धनका दलबीच राज्यका प्रमुख पदमा न्यायोचित तवरले पावर सेयरिङ गर्ने कामसँगै कम्तीमा आगामी पाँच वर्षसम्म गठबन्धनको संस्कृतिअनुरूप सरकारमा रहेर मुलुकका सामु रहेको अभिभारा इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता गठबन्धनमा सामेल हुने वामण्ज्ञछण् लोकतान्त्रिक शक्तिहरूले जाहेर गर्न जरुरी छ । यति बेला मुलुकका सामु राष्ट्रियताको संरक्षण र संवद्र्र्धन गर्ने अभिभारा रहेको छ । यस्तै, मुलुकमा गरिबी र बेरोजगारीलाई न्यूनीकरण गरी समृद्धि हासिल गर्ने, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने जुन अभिभारा र चुनौती छन्, यस्तै आर्थिक–सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्ने राष्ट्रसामु अभिभारा छन् । यसलाई सामना गर्दै अगाडि बढ्नका लागि वामपन्थीहरूले समाजवादी क्रान्ति गर्ने स्पष्ट नीति कार्यक्रम तय गरेर यसका आधारमा एकता र सहकार्य गर्नका लागि बृहत् वाममोर्चा वा समाजवादी केन्द्र बनाएर अगाडि बढ्न आवश्यक छ ।






