परनिर्भरता कम गर्न ध्यान देऊ

हरेक वर्ष परनिर्भर बन्दै गएको नेपालले गत वर्ष मात्र १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखबराबरका उपभोग्य सामान आयात गरेको तथ्यांक सार्वजनिक भएपछि यसले देश अब आत्मनिर्भरताको बाटोमा फर्कन सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ । परनिर्भरता बढ्दै छ भन्ने सबैलाई थाहा नै थियो । यो लुकेको वा लुकाइएको कुरा पनि थिएन । तर, गत वर्ष भने परनिर्भरताको बिन्दु निकै पर पु्गिसकेको वास्तविकता सार्वजनिक हुन गयो । भन्सार विभागको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकले १२ महिनामा नेपालले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै यति ठूलो रकमको उपभोग्य सामान खरिद गरेर पूर्णरूपमा पराश्रित हुँदै गएको यथार्थ सतहमा ल्याइदियो । हालका दिनमा देशको अर्थतन्त्र निकै संकटोन्मुख हुँदै गएको बेलामा स्वदेशी उत्पादित वस्तुहरूको निर्यात गरी यसलाई धराशायी हुनबाट रोक्न सक्ने नेपालको हैसियत देखिएन । यसले निरन्तर हुँदै आएको व्यापार घाटालाई नै थप मलजल गरिरहेको देखियो । अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष देखिएको असीमित आयातले व्यापार घाटा चुलीमा पु¥याइदिएको छ । यस्तो अवस्थामा विदेशी मुद्रा सञ्चिति हुने कुरा रहेन ।

तथ्यांक केलाएर हेर्दा अघिल्लो वर्षभन्दा २४ दशमलव ७२ प्रतिशतले आयात बढेपछि अर्को वर्षमा यो अनुपात स्वाभाविक रूपमा दोब्बर हुने देखिन्छ । किनकि, नेपालमा उत्पादन घट्दो छ । आयात दिन गुणा र रातचौगुणा बढेर गइरहेको छ । कम्प्युटरसहित निर्माण सामग्री सबै विदेशबाट आयात गरिरहँदा खाद्यान्न र सौन्दर्य प्रशोधनका सामान आयातमा निकै बढोत्तरी भइरहेको छ । सरकारले यसको रोकथामका लागि उचित कदम चाल्न पनि सकिरहेको छैन । केही सामान आवश्यकताभन्दा उच्च आयात भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउने घोषणा गरे पनि सामान आउने क्रम भने रोकिएको छैन । तर, सरकारले प्रतिबन्ध लगाएको भन्दै उल्टै ती सामानमा अथाह मूल्यवृद्धि हुन गएको छ । कतिपय अवस्थामा त यस्तो परिस्थिति सिर्जना गरेर सरकारले प्रतिबन्धित भनेर सम्बन्धित व्यापारी तथा कम्पनीहरूबाट कमिसन लिएर मूल्य बढाएको आरोप पनि बजारमा चलिरहेको छ । एकातिर देश परनिर्भर बन्दै जाने र अर्कोतिर कालाबजारी झाँगिदै जाने यस्तो दुईधारे दुष्परिणति अन्त्यका लागि सरकारले समयमै उचित कदम चाल्नुपर्ने आवश्यकता देखापरिसकेको छ ।

नेपालमा बाहिरबाट हेर्दा सबै काम ठिकठाक चलिरहेको देखिन्छ । तर, उत्पादनमुखी नभएर उभोगमुखी बन्दै गएको देशको अवस्थाका कारण नेपालमा चलिरहेका उद्योग, व्यापार र व्यवसाय विदेशमा निर्मित सामान भिœयाउने र त्यही सामान बिक्री गरेर २÷४ पैसा नेपाली व्यापारीले राख्ने अनि ठूलो परिमाणमा रकम विदेशी उत्पादनकर्तालाई नै फिर्ता गर्ने भएकाले पनि नेपालमा परनिर्भरता बढ्दै गएको हो । यसले गर्दा नेपालमा उत्पादनमुखी बजार होइन, उपभोक्तामुखी बजार विस्तार हुन गएको छ । विदेशीका सामान बेच्ने बजारका रूपमा सिंगो देश रूपान्तरित भइसकेको छ । खाद्यान्नदेखि लत्ताकपडा, बिजुलीका सामान, निर्माण सामग्री, पेट्रोलियम पदार्थ, कम्युटर, गाडी तथा चाडपर्वका लागि चाहिने सामान सबै बाहिरबाट आयात गर्दा देश खोक्रो हुँदै गएको छ । पछिल्लो समयमा विभिन्न प्रकारका विलासिताका सामान आयातले व्यापार घाटालाई असमान्य दिशातिर धकेलिरहेको छ । त्यसैले आत्मनिर्भरतामा जोड दिँदै परनिर्भरतालाई कम गर्ने नीति तथा कार्यक्रम अघि बढाऊ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी