गठबन्धनले जित्ने हल्ला र कोरा कल्पना

निर्वाचन नजिक आउँदै छ । निर्वाचन नजिक आउँदै गर्दा राजनीतिक दलहरूबीचमा तालमेलका कुरा चर्कोगरी उठ्न थालेका छन् । नेपालमा विचार नमिल्ने राजनीतिक दलहरूबीचमा निर्वाचनअघि नै तालमेल हुन थालेको छ । निर्वाचनको कुरा आउँदा जहिले पनि निर्वाचनभन्दा पछिको परिणामका आधारमा राजनीतिक दलबीचमा तालमेल वा गठबन्धन गरिन्थ्यो । २०७४ सालको निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रबीचमा तालमेल भएको थियो । निर्वाचनपछि पार्टी एकता नै गर्ने गरेर गरिएको गठबन्धन सफल भएको थियो । त्यो गठबन्धन अहिले गर्न थालिएको भन्दा फरक थियो । त्यति बेला माओवादी केन्द्र र एमालेबीचमा वैचारिक सामीप्यता थियो । विचार मिल्नेहरूका बीचमा एकता हुने कुरा ठूलो कुरा होइन । वामपन्थी दलका बीचमा सहकार्य मात्रै होइन, एकता हुँदा पनि त्यो अचम्मको कुरा हुँदैनथ्यो । यस्तोमा एकता प्राकृतिक कुराजस्तो हुन्थ्यो । वामपन्थी राजनीतिक दलका बीचमा सहकार्य विगतमा सत्ताका लागि भएको थियो । निर्वाचनका लागि भएको थिएन । तर, यति बेला निर्वाचनका लागि नै गठबन्धन भइरहेको छ । निर्वाचनको सन्दर्भमा हुने यस्ता गठबन्धनले नेपालको राजनीतिलाई ठिक बाटोमा लानेछैन । नेपालमा यस्तो गलत अभ्यास हुन थालेको छ । नेपाली कांग्रेसले अरू प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्ने कुरा सामान्य हो । वामपन्थी राजनीतिक दलले आपसमा सहकार्य गर्ने कुरा सामान्य हो । तर यति बेला कांग्रेस र कम्युनिस्टका बीचमा चुनावी तालमेल गर्न खोजिएको छ । यो तालमेल’boutमा अनेकन प्रश्न उब्जिरहेका छन् ।

निर्वाचनमा कांग्रेस र माओवादीका बीचमा सहकार्य भयो भने सम्भावित परिणाम कस्तो होला भन्ने’boutमा अनुमान गर्न थालिएको छ । एकथरीले कांग्रेस, माओवादी, समाजवादी, मधेसवादीका बीचमा चुनावी गठबन्धन भयो भने खासगरी एमाले अत्यन्त सानो आकारमा खुम्चिने अनुमान गरिरहेका छन् । गएको स्थानीय तहको निर्वाचनमा केही पालिकाहरूमा सत्तामा रहेका दलहरूका बीचमा गठबन्धन हुँदा पनि एमाले एक्लैले सानदार रूपमा जित हासिल गरेको कुरा स्मरणीय छ । सबै पार्टी एकातिर हुँदा पनि एमालेले कसरी जित हासिल ग¥यो ? जनताले गठबन्धनलाई किन मत दिएनन् ? जनताका बीचमा गठबन्धनको छाप कस्तो प¥यो होला ? गठबन्धन जनताका लागि थिएन । अघिल्लोपटक अर्थात् २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस दोस्रो शक्तिका रूपमा थियो ।

निर्वाचनको सन्दर्भमा हुने गठबन्धनले नेपालको राजनीतिलाई ठिक बाटोमा लानेछैन । नेपालमा यस्तो गलत अभ्यास हुन थालेको छ

यसपटक माओवादीलगायतका राजनीतिक दलसँग गठबन्धन गरेका कारणले गर्दा कांग्रेस पहिलो शक्ति हुन पुग्यो । कांग्रेस पहिलो शक्ति हुँदै गर्दा एमाले दोस्रो शक्ति भयो । जितेको सिट संख्याका आधारमा एमाले दोस्रो भएको भए पनि मतका हिसाबले एमाले पहिलो शक्तिका रूपमा देखियो । अबको निर्वाचनमा यस्तै अवस्था आउँछ कि ? फरक अवस्था आउँछ कि ? अघिल्लोपटक माओवादीसँग सहकार्य गर्र्दा ६० र ४० को हिसाबले उम्मेदवार खडा गर्दा जे परिणाम एमालेको पक्षमा आएको थियो, अहिले त्यो पक्का पनि आउनेछैन । यस्तै, अघिल्लोपटक एमालेसँग सहकार्य गर्दा माओवादीले जुन परिणाम हासिल गरेको थियो, अहिले कांग्रेससँग सहकार्य गर्दा त्यो परिणाम आउनेछैन । यो कुरामा माओवादीका नेताहरू पनि सहमत होलान् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीको सहकार्यमा जति सहजता थियो, अहिले हुने गठबन्धन त्यति सहज छैन । अघिल्लो निर्वाचनमा एमाले र माओवादीले ६०÷४० भनेर जसरी सजिलोसँग भागबन्डा गरेका थिए । सत्तामा रहेका दलहरूको अहिलेको गठबन्धनको भागबन्डा त्यति सहज हुनेवाला छैन । सहज तरिकाले नहुने गठबन्धनले ल्याउने परिणाम’boutमा अहिल्यै अनुमान गरी नहालौं । मतदान गर्ने जनताले भएकाले कसैको इसारामा कसैले मतदान गर्र्ने वा कसैले बनाइदिएको गठबन्धनले जित्ने कुरा कल्पनाको कुरा मात्रै हुन जान्छ ।

अहिलेको गठबन्धनमा सबैभन्दा ठूलो समस्या भनेको गन्तव्यको हो । यो गठबन्धन एउटै घोषणापत्रका आधारमा निर्वाचनमा जान्छ कि दलगत रूपमा बेग्लाबेग्लै घोषणापत्र बनाएर जान्छ भन्ने कुरा पहिलो नम्बरमा आउँछ । बेग्लाबेग्लै घोषणापत्रका आधारमा निर्वाचनमा गए भने त्यो राम्रो कुरा हो । यस्तो भयो भने राजनीतिक दलको अस्तित्व बच्दछ । यदि, बेग्लाबेग्लै घोषणापत्रका आधारमा नगएर एउटै घोषणापत्र बनाए भने पनि राम्रो कुरा हो । यस्तो भयो भने नेपालमा एउटा कांग्रेसी ध्रुव हुन्छ भने अर्को एमालेको ध्रुव हुन्छ । नेपालमा २०१५ सालमा भएको निर्वाचनयता करिब यस्तैगरी अघि बढेको छ । २०४८ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँदा पनि कम्युनिस्टहरू सशक्त प्रतिपक्षका रूपमा आएका थिए । पहिलोपटक संसदीय फाँटमा आएका कम्युनिस्टहरूले त्यति बेला राम्रै भूमिका खेलेका थिए । बहुमतको सरकार ढालेर निर्वाचनमा जाने काम कांग्रेसले नै गरेको थियो । त्यसपछि २०५६ सालमा निर्वाचन हुँदा ठूलो दलका रूपमा कांग्रेस आएको थियो । केही कम्युनिस्टहरू बहिष्कारमा थिए भने ठूलो दलका रूपमा रहेको एमाले विभाजन भएको थियो । एमाले विभाजन भएपछि कांग्रेस ठूलो दल बन्यो । कांग्रेस पनि एक भएर रहन सकेन । गत निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको थियो । यदि, कांग्रेस अलि ठूलो दलका रूपमा रहेको भए त्यो पनि सग्लो रहने थिएन भन्ने कुरा अनेकन घटनाक्रमले पुष्टि गरेको छ । यति बेला कम्युनिस्टहरू विभाजित छन् । अघिल्लोपटक सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको नेकपा एमाले विभाजित छ । एमाले विभाजित मात्रै भएको छैन विभाजित भएको शक्ति कांग्रेससँग मिलेर एमालेलाई हराउन लागिपरेको छ । यस्तै, निर्वाचनमा सहकार्य गरेको र एउटै घोषणापत्रमा निर्वाचन लडेको शक्तिका रूपमा रहेको माओवादी पनि आप्mनो बेग्लै पार्टी सञ्चालन गरेर कांग्रेसलाई जिताउन लागिपरेको छ । माओवादीलाई आपूm दोस्रो भए पनि केही फरक पर्दैन तर पहिलो दल कांग्रेस नै हुनुपर्छ भन्ने सरोकार छ । यस्तो अवस्था राजनीतिक दलमा रहेको छ भने आगामी निर्वाचनको परिणाम कस्तो आउला ? आगामी निर्वाचन कस्तो होला ? हामी सजिलैसँग अनुमान गर्न सक्छौं ।

एमालेबाट विद्रोह गरेर कांग्रेसका लागि सत्तानुकूल बनाउन समाजवादीले भूमिका खेलिरहेको छ यसको मूल्य उसले पक्कै चुकाउनुुपर्नेछ

निर्वाचन त आउँछ जान्छ तर निर्वाचनले अनेकन नजिर स्थापित गरेको हुन्छ । नेपालमा पहिले स्थापित नभएको नजिर यसपालि स्थापित हुनेवाला छ । यो भनेको कांग्रेसको नेतृत्वमा अन्य साना वामपन्थी दलहरूसँगै यात्रा गर्दै छन् । कांग्रेसको चाहना वामपन्थीका बीचमा फुट ल्याउनु हो । वामपन्थीहरूका बीचमा फुट भयो भने आप्mनो सरकार बन्ने आशामा कांग्रेस रहेको छ । कांग्रेसले यसका लागि दाउ हेरिरहेको छ । गत निर्वाचनमा जनताले कांग्रेसलाई सत्तामा जानका लागि म्यान्डेड दिएका होइनन् । कम्युनिस्टलाई सत्ता चलाउनका लागि म्यान्डेड दिएका हुन् । यो कुरालाई माओवादीले बुभ्mन चाहेन । यस्तै, एमालेमा १५ वर्ष महासचिव भएका माधवकुमार नेपालले पनि बुभ्mन सकेनन् । जसले गर्दा अबको निर्वाचनमा कांग्रेसले पहिलको भन्दा आप्mनो शक्ति बढाउने निश्चित भएको छ । पहिलेको भन्दा प्रत्यक्षतर्फ कांग्रेसको सिट संख्या बढ्नेछ । समाजवादीले आप्mनो स्थितिलाई जोगाउन सक्नेछैन । जसरी एमालेबाट विद्रोह गरेर कांग्रेसका लागि सत्ता अनुकूल बनाउन समाजवादीले भूमिका खेलिरहेको छ, यसको मूल्य उसले पक्कै चुकाउनुुपर्नेछ ।

नेपालमा विद्रोह गर्नेको भलो भएको छैन । एमालेबाट बनेको मालेको अवस्था के भयो ? माओवादीबाट विद्रोह गर्नेहरूको अवस्था के भयो ? कांग्रेसबाट विद्रोह गर्दा प्रजातान्त्रिक भन्ने पार्टीको अवस्था के भयो ? फुटिरहेको राप्रपाको अवस्था के भयो ? तराईका दलको अवस्था के भयो ? यस्ता धेरै दृष्टान्तहरू दिन सकिन्छ । निर्वाचनको समयमा हुने अनेकन समीकरणले मुलुकलाई उँभो लगाउने कुनै आधार देखिएको छैन । निर्वाचनको समयमा गठबन्धन होइन कि निर्वाचनपछि गठबन्धन गर्ने संसारको प्रजातान्त्रिक इतिहास र मूल्य मान्यता रहेको छ । नेपालमा फरक दृश्यहरू देखिएका छन् । आगामी निर्वाचनपछि यस्ता दृश्यहरूलाई जनताले कसरी सम्बोधन गर्लान्, त्यो भने हेर्न बाँकी नै छ ।
[email protected]

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

सुन चाँदीको मूल्यमा लगातार गिरावट