दर्जन गीतमा दीपक शर्मालाई करोडौं भ्युज

काठमाडौं ।
‘दारी फुल्यो बैंसैमा चस्मा लाउँछौ पावर
दुई दिन गाउँमा बस्दैनौ सुईंकी हाल्छौ लावर…’

चार वर्षअघि युट्युबमा रिलिज गरिएको यो गीतको भिडियो अहिलेसम्म ९ करोड ४६ लाख ६७ हजारपटक हेरिसकिएको छ । कुल ३ करोड जनसंख्या भएको मुलुक नेपालको एउटा गीतले जनसंख्याको तेब्बर भ्युज युट्युबमा पाउनु आफैंमा सुखद पक्ष हो ।

आशीष सचिनले गाएको यो गीतलाई दीपक शर्माले संगीत गरेका हुन् । करोडौं भ्युज गएको दीपक शर्माको गीत यो मात्र हैन । यस्ता गीत उनका अरू पनि छन् । चलचित्र मंगलमको ‘पर्ख–पर्ख मायालु….’मा पनि दीपक शर्माकै संगीत रहेको छ । यो गीतले पनि अहिलेसम्म युट्युब च्यालनमा ६ करोड ८ लाख ५६ हजार भ्युज पाइसकेको छ ।

संगीत सिर्जना यात्राको डेढ दशकभन्दा लामो समय पार गरिसकेका दीपक युट्युबमा करोडौं भ्युज पाउँदा खुसी छन्, ‘युट्युबको भ्युजलाई पनि आजकाल प्रतिष्ठान र मापनको रूपमा हेरिँदो रहेछ । मैले संगीत गरेको गीत मिलियन भ्युज काट्दा साथी सर्कलबाट बधाई आउँछ ।’ त्यसले आपूmलाई अझ ऊर्जा दिने गरेको यी संगीतकार बताउँछन् ।

युट्युबमा करोड भ्युज नाघेका उनका थुप्रै गीतहरू छन् । चलचित्र छक्कापन्जा–३ को ‘पहिलो नम्बरमा…’ गीत पनि उनको लोकप्रिय गीत हो । लोकलयको यो गीतको भिडियोले अहिलेसम्म युट्युबमा ५ करोड ९४ लाख २५ हजार भ्युज पाइसकेको छ ।

यसरी दीपक शर्माका तीनवटा गीतको भिडियोले पाँच करोडभन्दा बढी पटक दर्शकको साथ युट्युबमा पाएको छ भने एउटा गीतले ४ करोड र एउटा गीतले ३ करोडभन्दा बढी भ्युज पाएको छ ।

उनले संगीत गरेको बालगीत ‘बालखैमा दिल बस्यो…’ले हालसम्म ४ करोड ९ लाख ३९ हजार भ्युज युट्युबमा बटुली सकेको छ । यस्तै, ३ करोडभन्दा बढी भ्युज पाएको शर्माकै संगीतमा रहेको गीत ‘ए है माया…’ हो । यो गीतले ३ करोड १९ लाख १३ हजार भ्युज युट्युबमा पाइसकेको छ । सरोज ओलीले गाएको यो लोकशैलीको गीतलाई पनि दर्शकले राम्रैसँग रुचाएका छन् ।

२ करोडभन्दा बढी भ्युज पाएका उनका गीतहरू पनि त्यत्तिकै छन् । चलचित्र हिजो आजका कुराको गीत ‘जदौ माया जदौ…’मा पनि दीपक शर्माकै संगीत छ । दुई वर्षअघि रिलिज गरिएको यो गीतले अहिलेसम्म २ करोड ५७ लाख ७९ हजार भ्युज पाइसकेको छ । यस्तै, दीपक शर्माकै संगीत रहेको अर्को ‘जुनी खै कुनी…’गीतले दुईवटा भर्सनमा गरेर दुई करोड २० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यस्तै, दीपककै संगीतमा राजेश पायल राई र मेलिना राईले गाएको ‘फुल फुलको बन…’ गीतले युट्युबमा अहिलेसम्म २ करोड ४१ लाख ८९ हजार भ्युज पाएको छ ।

१ करोडभन्दा बढी भ्युज पाएका दीपक शर्माको संगीतमा आधा दर्जन गीत छन् । नेपाली संगीत क्षेत्रमा सबैभन्दा बढी करोड भ्युज पाउने संगीतकारको सूचीमा दीपक शर्मा अग्रपंक्तिमा पर्छन् । करोड भ्युजमा उनको प्रतिस्पर्धी संगीतकारमा राजनराज शिवाकोटी पर्ने गर्छन् । कुनै वर्ष राजनराजका गीतले बढी करोड भ्युज बटुलेका हुन्छन् भने कुनै वर्ष दीपक शर्माका गीतले राजनराजलाई उछिनेका हुन्छन् ।

यी सबै गीतमा रोयल्टीबाहेक दीपकको अरू स्वामित्व छैन । यी गीतको प्रतिलिपि अधिकार’bout उनले भने, ‘कोही गायकले त कोही गीतकारले लगानी गरेर यी गीत बनाएको हो । फिल्मको गीतसम्बन्धी चलचित्रको लगानी हुने भएकाले युट्युबबाट आउने रोयल्टी उनीहरूले नै प्राप्त गरे ।’ करोडौं भ्युज गएर हिट भएप्रति गीतबाट आपूmलाई हजारको अंकमा रोयल्टी प्राप्त हुने दीपकले बताए, ‘तथापि मेरो पुस्ताका संगीतकारमा धेरै रोयल्टी थाम्नेमा म पनि एक हुँ । अर्का संगीतकार राजनराज शिवाकोटीले पनि राम्रो रोयल्टी थाप्नु हुन्छ ।’

युट्युबबाट प्राप्त रोयल्टी’bout दीकपले थपे, ‘युट्युबमा करोडौं भ्युज पाउँदा नेपालमा सम्बन्धित गीतमा लगानी गर्ने निर्मातालाई प्रशस्त आम्दानी हुने गर्दछ । हामीले पाउने भनेको त सीआरबीटी, पीआरबीटी र गीत बजेबापतको रोयल्टी मात्र हो ।’ अब नेपालमा संगीत रोयल्टी संकलन समाजलाई युट्युबको रोयल्टी प्राप्त भएपछि आपूmले पनि हजार हैन लाखौं रुपैयाँ पाउनुपर्छ भन्ने कथन यी संगीतकारको छ ।

तपाइको प्रतिक्रिया
(Visited 553 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी