१० दिन भित्र बहाल कुर बुझाउन सेना प्रहरीलाई महानगरपालिकाकाे आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् ।

ताेकिएकाे समयमा नतिरेमा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

epaper

ताजा समाचार

थापाथलीको सुकुमवासी बस्ती खाली, गैरीगाउँमा भत्काउन सुरु