जय लोकसेवा आयोग

बाग्मती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएपछि समाचार आयो– स्थानीय तहहरूले रिक्त दरबन्दीमा पदपूर्ति गर्न योग्य उम्मेदवार छनोट गर्न प्रदेश लोक सेवा आयोगमा माग गरेनन् । रिक्त दरबन्दीमा स्थानीय निकायका पदाधिकारी मेयर, उपमेयर, वडाध्यक्ष वा राजनीतिक दलका कार्यकर्ता अस्थायी कर्मचारी छन् । आयोगमा माग पठाउनासाथ आयोगबाट सिफारिस भएर आएपछि पदबाट हटाउनुपर्ने कारण वर्षौंदेखि माग नपठाएर बसेको तथ्य बाग्मती प्रदेश लोक सेवा आयोगले प्रकाशनमा ल्याएको छ । कर्णाली प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको उत्तरपुस्तिकामा नाम र मोबाइल नम्बर लेख्ने परीक्षार्थीहरूलाई रेस्टिकेट गरेको छ । सत्प्रयासका लागि प्रदेश लोक सेवा आयोग दुवैलाई साधुवाद !

सरकारी कार्यालयमा रिक्त दरबन्दी लुकाएर राख्नाले सेवा प्रवेश गर्न चाहने लाखौं युवाहरूलाई नकारात्मक प्रभाव पर्छ । निजामती सेवा ऐनले रिक्त पदहरू छ महिनाभित्र लोक सेवा आयोगमा माग गरी पठाउनुपर्ने व्यवस्था गरेको छ । प्रदेश लोक सेवा आयोगले सबैभन्दा ठूलो कर्मचारी दरबन्दी भएको काठमाडौं महानगरपालिकाले रिक्त दरबन्दीमा स्थायी रूपमा पदपूर्ति गर्न माग नगरेको जनाएको छ । स्थानीय तहमा नयाँ पदाधिकारीहरू निर्वाचित भएर आएका छन्, आशा गरौं, आउँदा दिनहरूमा रिक्त दरबन्दी पदपूर्तिका लागि समयमा नै प्रदेश लोक सेवा आयोगमा माग गरी पठाइनेछ ।

बाग्मती प्रदेश लोक सेवा आयोगको प्रतिवेदनको सन्दर्भमा यी हरफहरू लेखिरहँदा मलाई पुराना दिनहरूको याद आउँछ । म झन्डै चालिस वर्ष पहिले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्न काठमाडौं आएको थिएँ । तिनताका चितवन र काठमाडौं छोटो बाटो र राम्रो टेलिफोन सुविधाले जोडिएका थिएनन् । चितवनबाट हेटौंडा हुँदै बसमा काठमाडौं आउनुपथ्र्याे, कि त हवाईजहाजमा । हेटौंडा हुँदै काठमाडौं आउनु सहज थिएन । काठमाठौं आइसकेपछि बाआमासँग समाचार आदानप्रदान गर्न पनि सरल थिएन । काठमाडौं आउँदा धेरै पैसा बोकेर आउने सम्पत्ति पनि थिएन । घरबाट आउँदा ल्याएको पैसा सकिएपछि पैसाको अभावका बेहोरेका अप्ठ्यारा दिनहरू अहिले सम्झँदा कहाली लाग्छ । पैसाको अभावमा एक छाक मात्र खाएर पनि कति रातहरू गुज्रिए । त्यसैबेला गाउँले दाइहरूले राजधानीमा टिक्न र बाँच्नका लागि सानोतिनो जागिर खोज्न सल्लाह दिए । गाउँबाट आएको सोझो केटा मलाई जागिर खोज्न त्यति सजिलो थिएन । मैले कुनै ठूलो मान्छेलाई चिनेको पनि थिइन ।

‘जीवनमा प्रयासबाट परिणाम आएन भनेर हरेस खान हुँदैन छोरा !’ बाको आशीर्वचन मेरो कानमा गुन्जिरहन्थ्यो । म निरन्तर जागिरको खोजमा लागिरहेँ । विभिन्न संस्थानका ढोका ढोका चहारेँ । हरेक दिन कार्यालयहरूमा जागिर पाइन्छ कि भन्दै हिँड्ने मेरो दैनिकी नै बनेको थियो । राष्ट्रिय कम्प्युटर केन्द्रका कार्यकारी प्रमुखले एक दिन भेट्न दिए । पानी चिया बिस्कुट खुवाए । र भने, ‘जागिर खुवाउने काम हाम्रा लागि पनि कठिन काम हो । तपार्इंलाई केही थाहा भए भन्नुहोला मेरा आफन्तहरूलाई पनि जागिरमा लगाउनुछ ।’ उनको जिस्क्याउने कुरा र चिप्लो व्यवहार देखेर हस् ! भन्दै खाँदा खाँदैको चिया बिस्कुट छोडेर म हिँडेँ । मलाई आपूmप्रति थोरै दया लाग्यो । हरेक दिन जागिर खोज्दै हिँड्दा बेलुका त म थकाइले लखतरान हुन्थेँ । भात पकाउन जागर हुँदैनथ्यो । अनि चिउरा चपाएर सुत्थेँ । आत्मग्लानीले रातभरि टोक्थ्यो, थाके पनि निदाउन सके पो । अनि भन्थेँ, ‘भोलिदेखि जागिर खोज्न हिँड्ने काम बन्द ।’ तर, बिहान भएपछि, खाली पकेटले आराम गर्न अनुमति दिँदैनथ्यो । उही पुनरावृत्ति हुन्थ्यो, निरन्तर । म जागिर खोज्न हिँडिरहेँ । तर, जागिर पाउन सकिन ।

काठमाडौं आउँदा धेरै पैसा बोकेर आउने, सम्पत्ति नभएकाले ल्याएको पैसा सकिएपछि पैसाको अभावका बेहोरेका अप्ठ्यारा दिनहरू अहिले सम्झँदा कहाली लाग्छ

बाआमाको काखबाट टाढा बस्नु सजिलो थिएन । एउटा फाइदा भनेको उहाँहरूको कचकच मात्र हो, सुन्नु नपर्ने । तर, उहाँहरूको मायाप्रेमका अगाडि शून्य रहेछन् सबै । अभावमा मलाई आप्mनो गाउँ र बाआमाको सम्झनाले भुतुक्क पाथ्र्याे । कति रमाइला थिए, गाउँघरमा बाआमाको काखमा रहँदा । अहिले बाआमाले घरबाट आउँदा दिनुभएको र काठमाडौंमा रहँदा कसैको हातबाट पठाउनुभएको पैसाले महिनासम्म धान्नु कम्ता त गाह्रो थिएन । जब घरबाट बाले पठाइदिनुभएको पैसा हात पथ्र्याे, त्यो दिन म आपूmलाई संसारको सबैभन्दा धनी मान्छे सम्झन्थेँ । तर, अफसोच, सबै पैसा त्यही दिन कोठाभाडा, दोकानमा खाएको उधारो तिर्दा तिर्दैमा सकिन्थ्यो ।

जागिर खोज्ने कामले पढ्न पनि अप्ठ्यारो हुँदै गयो । विश्वविद्यालय पुगेर क्लास लिन भ्याउँदै नभ्याउने । पढाइमा केन्द्रित हुन पनि कठिन । तैपनि, शनिबार, शनिबार साथीभाइको सहयोगमा अर्थशास्त्रका नोटहरू सबै कपि गर्थें । म उनीहरूको आजसम्म पनि ऋणी छु । एक दिनको कुरा हो, म सडकबाट हिँड्दै थिएँ । एउटा अफिसअगाडि मान्छेहरूको भिड देखेँ । मजस्तै केटाकेटी उभिएको देख्दा लाग्यो, त्यहाँ जागिर बाँडिरहेको होला । म हतारहतार उतै सोझिएँ । त्यो अफिस अरू कुनै नभएर लोक सेवा आयोगको कार्यालय रहेछ ।

भिडमा उभिएका केटाहरूलाई मैले सोधेँ ‘किन भिड भएको हो ?’ एउटा केटाले उत्तर दियो, ‘लोक सेवा आयोगले भर्खर शाखा अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको रहेछ, त्यही हेर्ने भिड हो । सरकारी जागिर पाएको खुसीमा पास हुने केटाहरूको मुहारमा चमक थियो । लोक सेवा आयोगअगाडिको भिड र पास हुने केटाहरूको अनुहारमा देखिएको चमकले मेरो मनमा आशा जगायो । उत्प्रेरणा आयो । यहाँ देखिने केटाहरू सबै मेरै शैक्षिक पृष्ठभूमिका र मेरै उमेरका थिए । यदि मजस्तै पढेका विद्यार्थीहरूले लोक सेवा आयोगका परीक्षाहरू पास गर्न सक्छन् भने मैले किन सक्दिन ? लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षा पास गर्ने अठोट मेरो मनमा पलायो ।

आत्मविश्वास र उत्पे्ररणाले मानिसमा सक्रियता ल्याउँदो रहेछ । म लोक सेवा आयोगको ’boutमा जान्न उत्सुक भएँ । लोक सेवा आयोग एक संवैधानिक आयोग रहेछ । सरकारलाई आवश्यक पर्ने कर्मचारी आपूर्ति गर्न योग्यताको परीक्षाहरू लिई योग्य उम्मेदवार सरकारी जागिरका लागि सिफारिस गर्ने काम आयोगले गर्ने पनि बुझेँ । लोक सेवा आयोगले मेरिटका आधारमा योग्यता परीक्षण गर्ने कारण पढेलेखेको व्यक्ति पास हुने गर्दा रहेछन् । लोक सेवा आयोग राणाकालमै रहेछ । राणालाई त देशको प्रशासन चलाउन योग्य व्यक्ति चाहिएको रहेछ भने प्रजातान्त्रिक सरकारलाई त नचाहिने कुरै भएन । यसकारण आयोगलाई संवैधानिक आयोगका रूपमा सम्मान दिई सरकारी सेवाका लागि आवश्यक पर्ने योग्य उम्मेदवार छान्ने जिम्मेवारी पनि दिइएको रहेछ ।

यसपछि हरेक हप्ता म लोक सेवा आयोग जाने आयोगका भित्ताहरूमा टाँसिएका परीक्षासम्बन्धी विज्ञापनहरू हेर्ने र आउने गर्न थाले । एउटा पानासोनिक रेडियो किनेर समाचार तथा हरेक बुधबार रातिको नौ बजे आउने आयोगका सूचनाहरू पनि सुन्न थालेँ । लोक सेवा आयोगबाट शाखा अधिकृत पदका लागि लिइने परीक्षाको कोर्स आयोगको लाइब्रेरीमा बसेर बुलेटिनबाट सारे । कोर्सका अगाडि राखेर पढ्न थालेँ । शाखा अधिकृत पदका साथै सार्वजनिक संस्थानहरूका परीक्षाका लागि पनि एकैसाथ पढन थालेँ । संस्थानहरूसँग सम्बन्धित ऐन कानुन पढ्न कानुन पुस्तकालय जान्थेँ । समय समयमा अमेरिकन, ब्रिटिस, इन्डियन त्रिभुवन विश्वविद्यालयका पुस्तकालयहरू गएर पढन थालेँ । टिप्दाटिप्दै सामान्य ज्ञानको त ठेली नै बन्यो । चाहिने किताबहरू पनि किने पढेँ । तिनताका इन्टरनेट थिएन, गाइड हँुदैनथे । पत्रपत्रिका र किताब पढेर आफंै उत्तर लेख्नु पथ्र्याे । आफंै प्रश्न बनाउने आफैं उत्तर लेख्ने अभ्यास गरेर कापीका पानाहरू भर्न थालँे ।

५÷६ महिनापछि शाखा अकिृतको विज्ञापन खुल्यो । सँगै अन्य संस्थानहरूको पनि अधिकृत पदका विज्ञापनहरू पनि भए । खुलेका विज्ञापन मेरो तयारीको अग्निपरीक्षा थियो । अत्यन्त शान्त मुडमा परीक्षा दिन गएँ । आप्mनो तयारीप्रति म पूर्ण सन्तुष्ट थिएँ । आत्मविश्वासी भएर लेख्न बसेँ । तर, प्रश्न हेर्दा जानकारी भयो कि, मेरो पढाइ त छेउ पनि पुगेको रहेनछ । तैपनि, जति लेखेँ, त्यो सही उत्तर लेखेकोमा म खुसी थिएँ । रिजल्ट हुँदा खुसीको सीमा रहेन । म लोक सेवा आयोगलगायत नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय समाचार समिति र कृषि विकास बैंकका लिखित परीक्षामा उस्तैउस्तै समयमा पास भएँ । लोक सेवा आयोगको निष्पक्षताले मैले नेपाल सरकारको जागिरमा प्रवेश गर्न सकेँ । अवकाश हुनुपूर्व आयोगमा पनि काम गर्न पाएँ ।

आवश्यक जनशक्तिको लिखित योग्यताको परीक्षण आयोगले गर्ने भएकाले निजामती सेवालगायत सबै सेवामा अभूतपूर्व एवं विकेन्द्रित रूपमा देशको कुनाकुनाबाट युवाहरूको प्रवेश बढेको छ

लोक सेवा आयोगको निष्पक्षताको प्रणाली एक दिन एक वर्षमा बनेको होइन । आयोगमा काम गर्ने कर्मचारीहरूको एउटा एउटा विचारको जोड र इमानदार योगदानले बनेको हो । आयोगको आप्mनै कार्यतालिका हुन्छ । कार्यतालिकाअनुसार काम गर्नु नै आयोगको सफलता र विश्वासको कडी हो । प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता, इन्ट्रे परीक्षण र नतिजा प्रकाशन सम्बन्धमा आयोगले आप्mनै ढंगले विशेषज्ञता हासिल गरेको छ । लोक सेवा आयोगबाट हामी दक्षिण अफ्रिकाको लोक सेवा आयोगको अध्ययन भ्रमण गएका थियौं । त्यस बेला हामीले हाम्रो परीक्षा प्रणालीको विशिष्टता जानकारी गराँउदा त्यहाँका अध्यक्ष छक्क परेको म आज पनि सम्झन्छु ।

लोक सेवा आयोगको स्थापित प्रणाली कसैले बिर्गाछु भन्दा पनि बिर्गान सक्दैन । आयोगको पदाधिकारी वा कर्मचारी भएर काम गर्दा उसले आयोगको सिस्टम बिगार्यो भने ऊ देशद्रोही, जनद्रोही अपराधी ठहर्छ । आयोगको निष्पक्षता, मेरिट र प्रतिस्पर्धाका कारण हरेक परीक्षार्थी परीक्षामा सफल हुनका लागि पढ्न, लेख्न गर्न स्वतः उत्प्रेरित हुन्छ । उसलाई कसैले उत्पे्ररित गरिरहनुपर्दैन । आयोगको इमानदारिता, निष्पक्षता र गुणमा आधारित परीक्षा हुने कारण आयोगका परीक्षामा कसैलाई पास र फेल गर्न भनेर राजनीतिक दबाब पनि आउँदैन । र, परीक्षार्थीले परीक्षामा असफल भए पनि आप्mनो तयारी नपुगेर परीक्षा बिग्रिएको होला भन्ने विश्वास गर्छ । आयोगले धाँधली ग¥यो भन्ने आरोप लगाउँदैन । यो नै आयोगले वर्षांै लगाएर कमाएको विश्वास, आस्था र सम्मान हो ।

परिवर्तनशील समाजमा आयोगको आप्mनै स्थापित कार्यपद्धति छ भनेर आयोग चुप रहने बेला छैन । आयोगले आप्mनो परीक्षा प्रणालीलाई निरन्तर सुधार गर्नुपर्ने हुन्छ तर ‘डोमिनो प्रभाव’को ख्याल राख्दै । गुणस्तरीयता र गोपनीयताको सन्तुलन मिलाउन ज्यादै नै संवेदनशील हुन जरुरी छ । आयोगले आन्तरिक रूपमा कर्मचारी प्रशासन, शाखा वितरण र कार्यप्रगतिमा पनि ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । साथै, सूचना, सञ्चार प्रविधिको प्रयोगमा पनि बढी संवेदनशील हुन जरुरी छ । आयोगले कमाएको विश्वास, कार्य प्रणाली र कार्य संस्कृति प्रदेश लोक सेवा आयोगहरूमा पनि स्थानान्तरण भएर गएको छ । प्रदेश लोक सेवा आयोगहरूको चिन्ता चासो र सक्रियताले त्यही भन्छ । प्रदेश लोक सेवा आयोगमा कार्यप्रणाली, कार्यसंस्कृति हस्तान्तरणमा पहिले लोक सेवा आयोगमा काम गरेका कर्मचारीहरूको इमानदारीपूर्वक अमूल्य योगदान रहेको छ । ती कर्मचारीहरूलाई पनि साधुवाद !

आयोग नहुँदो हो त स्पोइल प्रणालीको बोलवाला हुन्थ्यो । राजनीतिक पहुँच भएका धनीमानी सम्भ्रान्त वर्गका छोराछोरीहरू मात्र सरकारी सेवामा प्रवेश गर्थे । लोक सेवा आयोग मेरिट प्रणालीको पर्याय हो । गरिब, आवाजविहीन असहायहरूको भरोसाको केन्द्र हो । आयोग नभएको भए म निजामती कर्मचारी बन्न कहिल्यै पनि सक्दैनथे । लोक सेवा आयोग भएकाले मैले सरकार र जनताको सेवा गर्ने अवसर पाएँ । लोक सेवा आयोग रहेसम्म सरकारी जागिर खान कसैले पनि कसैलाई भनसुन गर्नु पर्दैन । निजामती सेवालगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल, सार्वजनिक संस्थानहरूका लागि आवश्यक पर्ने जनशक्तिको लिखित योग्यताको परीक्षण पनि आयोगले गर्ने भएकाले निजामती सेवालगायत सबै सेवामा अभूतपूर्व एवं विकेन्द्रित रूपमा देशको कुनाकुनाबाट युवाहरूको प्रवेश बढेको छ । युवाहरूलाई मेरो विनम्र सल्लाह छ, ‘इमानदार मिहिनेत गरेर पढनुस्, लेख्नुस्, सरकारी जागिर तपार्इंकै हातमा छ । लोक सेवा आयोग तपार्इंको साथमा छ ।’ जय लोक सेवा आयोग ! जय प्रदेश लोक सेवा आयोग !

तपाइको प्रतिक्रिया
(Visited 628 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित