गौरा हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

टीकापुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । केही काम छ भनेर एक युवकले लिएर गएपछि अन्यलाई फोन गरेर बोलाएर ती किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सानो काम छ भनेर बोलाएर लिएपछि आफूलाई केही खुवाएर सामूहिक बलात्कार गरेको पीडित किशोरीले प्रहरीसंग् बयान दिएकी छन् । भदौं २१ गते राति किशोरी सामूहिक बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि बेहोस किशोरीको २३ गते घर पुगेपछि पनि आफू बलात्कारको सिकार भएको अभिभावकलाई भन्न सकिनन् । २३ गते सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गरी स्थानीय घोडाघोडी अस्पतालमा उपचार गराएको थियो ।

किशोरीको बयानको आधारमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ भने अझै एक जना फरार रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा