कर्णाली कहरः भगवान् भरोसामा राजमार्ग यात्रा

नेपालगन्जबाट जुम्ला जाँदै गरेका चालक हरिबहादुर कार्की राजमार्गमा ‘कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु’ दिनहुँ देखिरहेका हुन्छन् । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ,’ उनी भन्छन्, ‘भगवान्को नाम जपेर यात्रा गर्नुपर्ने डर लाग्दो अवस्था छ ।’

सामान्यत एक दिनको यो बाटो पार गर्न वर्षात्का बेला कालिकोटबाट नेपालगन्ज पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्छ,’ कार्की भन्छन्, ‘वर्षामा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्छ ।’

कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ ।

कर्णाली राजमार्गस्थित पिली भिरमा गाडी अनियन्त्रित भई सडकछेउ झुन्डिएको कहाली लाग्दो दृश्य ।

‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्सीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन्,’ कार्की दुःखेसो पोख्छन्, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? केही थाहा छैन ।’

त्यसो त, सवारीचालक कार्की मात्र होइन, राजमार्गमा यात्र गर्ने यात्रु सुनिनसक्नुसम्मका पीडा सनाउँछन् । ‘ट्र्याक’ खुलेको भएको डेढ दशक पुग्दासमेत सडकको अवस्था सुधार हुन नसकेको तिलागुफा नगरपालिका–६ जुविधाकी उर्मिला शाही बताउँछिन् ।

‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले असाध्यै दुःख पाएका छन्,’ घरैछेउको राजमार्ग दिनहुँ नियाल्दै आएकी उर्मिला भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति भए कर्णालीका जनताले सुख पाउँथे कि ?’

आँखाअगाडि सडकछेउमा गाडी झुन्डिएका सबैले देखेका छन् तर आफूहरूले ‘भोट दिएर माथि पुगेका मन्त्रीले अझै नदेखेको’ उर्मिलाको भनाइ छ । उनी भन्छिन्, ‘भगवान् भरोसामै यात्रा गर्न बाध्य छौं ।’
०००००००
राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ ।

कालिकोट सडकखण्डको सुनारखोला, टाकुल्ला, सेरिघाट पिली क्षेत्रमा यात्रु सास्ती बेहोर्दै दुर्घटनाको उच्च जोखिम मोलिरहेका छन् । पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुल दायाँबायाँ क्षति पु-याउन थालिसक्यो ।

कर्णाली विकासको मेरुदण्ड मानिएको राजमार्ग सुर्खेत–जुम्ला सडक कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड २ सय ३२ किलोमिटर छ ।

केही दिनपछि सोही सडकखण्डको मोल्फा भिरछेउमा अड्किएको मालवहाक ट्रक ।

नागरिकका दुःख’bout स्थानीय, प्रदेश तथा संघीय सरकारलाई थाहै छ तर पनि नागरिकता बाध्यता र समस्याप्रति तीनवटै सरकारको गम्भीर ध्यान जान सकेको छैन ।

यात्रैपिच्छे दुःख भोग्नुपरेको खाँडाचक्र नगरपालिका–५ का सर्पानन्द्र चौलगाईं सुनाउँछन् । ‘नागरिकनजिक स्थानीय सरकार छ, त्यसले नै हाम्रा दुःख नजिकबाट बुझ्नुपर्ने हो, त्यो देखिएन,’ चौलगाईं भन्छन्, ‘कर्णालीजस्तो विकट भूगोल, गुणस्तरहीन सडक स्तरोन्नतिमा प्रदेश र संघ सरकारले समेत प्राथमिकतामा राख्न सकेका छैनन् ।’

कर्णाली राजमार्गमा ‘मै हुँ’ भन्ने नेताले स्थलगत यात्रा गरे पनि स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गरेका छैनन् । निर्माण व्यवसायीले समेत समयमै कार्य सम्पन्न नगर्नुले यात्रु सास्ती भोग्न बाध्य छन् । संघीय एवं प्रदेश संसद्मा ‘धेरै कुरा’ उठे पनि कुनै पहल गरिएको छैन ।

साहुजी मालामाल
सामान्य बाटो बिग्रँदा कर्णाली राजमार्गमा यात्रुले ६ देखि ३६ घण्टा सडकमा कुर्नुपर्छ । अधिकांशले मिठो खान, सहज बसाइ र न्यानो आतिथ्यता पाउनसक्ने अवस्था छैन । धेरैले दुःख पाउँछन् । तर, यात्रुका दुःखले सडकछेउका स्थानीयलाई कमाउने अवसर दिएको छ ।

अरूबेला सामान्यतः पाँच रुपैयाँ पर्ने रोटी सडक अवरुद्ध हुँदा २५ मा किन्नुपर्ने बाध्यता सुनाउँछन्, यात्रु उज्ज्वल शाही । ‘सडक बिग्रँदा यात्रुले गुमाउँछन् तर त्यसलाई अवसर पारेर व्यापारीले कमाउँछन्,’ उनी भन्छन्, ‘आखिर यसको मारमा यात्रु नै पर्छन् । कर्णाली राजमार्गको यो दुर्दशा गाडी सञ्चालन भएदेखि भोग्दै आएका छौं ।’

सरिप श्रेष्ठले बुटवलबाट चाउचाउ ल्याएर जुम्ला पुगेको एक दिन भयो । उनी फर्केर बीचबाटोमा पहिरोमा आइप¥यो । पाँच दिन लगाएर जुम्ला पुगेका उनी ‘अब भैरहवा कहिले पुग्ने ?’ ’bout सोचिरहेका छन् ।

‘यात्रा निकै कठिन भयो । अगाडिपछाडि पहिरो, बीचमा अलपत्रै परियो,’ पाँचपटक जुम्ला आइसकेका उनले सुनाए, ‘कर्णाली सडकमा जस्तो कष्टकर यात्रा कुनै पनि ठाउँमा भोगिएन । सरकारले जिम्मेवारी दिएका ठेकेदार नै पहिरो गएपछि व्यापार गर्न पाइन्छ भन्ने मानिसकतामा छ ।’

०००००००००
दुःखका कुरा सुनाइ साध्य छैन । कर्णाली सकड ‘मृत्युमार्ग’का रूपमा परिचित थियो । यो उपमा अहिलेसम्म हट्न सकेको रहेनछ । कर्णाली राजमार्गको दैलेख खण्डदेखि नाग्मसम्म दसवटा ‘हेभिइक्युपमेन्ट’ राख्नुपर्छ । अहिले भइरहेको काम दिगो हिसाबमा हुनेवाला देखिँदैन । सरकारी पैसा खर्च भइरहने तर काम दिगो नहुने प्रकारले कर्णालीमा काम हुने गरेको छ ।

बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे
कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे हुन्छ भने बर्खामा सधैं हिलाम्मे हुन्छ । जसको असर यात्रालाई नै पर्छ । जो, कष्टकर यात्रा गर्न बाध्य छन् ।

राजमार्ग निर्माण भएदेखि ठेकादारको लापरबाहीले टालटुलमै बजेट सकिँदै आएको छ । बर्सेनि खाल्टाखुल्टी पुर्ने बजेट आउने ठेकदारको लापरबाहीले गुणस्तरहीन काम हुने गरेको छ ।

‘संघीय सरकार नै लाग्नुपर्छ’
‘कर्णाली राजमार्गका पीडा अहिलेका होइनन् । लामो समयदेखि सुनिराखेका थियौं,’ अहिले भोग्न बाध्य भएका छौं,’ प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा भन्छन्, ‘जसले भोग्छ, उसले मात्र थाहा पाउँछ भनेझैं भइरहेको छ । यसका लागि राज्यले कर्णाली राजमार्ग स्तारोन्नति विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’

बर्खाले हिलाम्मे कर्णाली राजमार्गको कस्टकर यात्रा ।

‘मृत्युमार्ग’का रूपमा चिनिनुपरेको औंल्याउँदै प्रजिअ शर्माले ‘कर्णाली सम्मृद्धिको खानी’ भएको बताउँछन् । ‘यसमा राज्यको नजर लाग्नुपर्छ, बर्सेनि आउने बजेट राजमार्गका खाल्टाखुल्टी टालटुलमै सकिँदोरहेछ तर गुणस्तर कहिल्यै नहुने,’ उनी भन्छन् ।

जति बजेट आए पनि राजमार्गको अवस्था जस्ताको त्यस्तै छ । बर्खामा पहिरोले बाटो अवरुद्ध भए स्थानीय तह र सडक डिभिजन कार्यालयसँग सहकार्य गरेर बाटो खुलाउने काम गरिरहेको प्रजिअ शर्मा सुनाउँछन् । ‘सडकको समस्या दिगो रूपमा समाधान गर्न संघीय सरकारले चासो देखाउनुपर्ने’ उनको जोड छ ।

१ सय ९२ दुर्घटना
१० वर्षको अवधिमा कालिकोट सडकखण्डमा मात्रै १ सय ९२ सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार २०६८ देखि अहिलेसम्म १ सय ९२ सडक दुर्घटनामा ८९ जनाको मृत्यु र २ सय ३४ जना घाइते भएका छन् ।

जुम्ला र दैलेख सडकखण्डमा सैयौंको सवारी दुर्घटनाबाटै मृत्यु भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग ।

सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदी किनारैकिनार भएर जुम्ला पुग्ने मार्ग अर्थात् कर्णाली राजमार्ग । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतबाट सञ्चालनमा आएको थियो ।

साँघुरो, हिलाम्मे र खाल्टाखुल्टीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन् । राजमार्गमा हुने सडक दुर्घटनाले सैयौं यात्रुले ज्यान गुमाउनुपरेको छ ।

ठाउँठाउँमा सडक हिलाम्मे बनेको छ भने कैयौं स्थानमा भाँसिएको छ । राजमार्ग स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ ।

कालीकोटका बासिन्दा महेन्द्रबहादुर शाही कर्णाली प्रदेश मुख्यमन्त्री भएको बेला पनि राजमार्ग स्तरोन्नति हुन नसक्नु दुःखद भएको स्थानीय स्वयं बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता