अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला

नयाँ दिल्ली । भारतले अस्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन टी-२० खेलको शृंखला २-१ लेआफ्नो पक्षमा पारेको छ । एक सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा मात्र चार विकेट क्षतीमा पूरा गरेको थियो ।

भारतको जितमा बिराट कोहलीले ४८ बलमा तीन चौका र चार छक्का सहित ६३ रन बनाए । सुर्यकुमार यादबले ३६ बलमा पाँच चौका र पाँच छक्का सहित ६९ रन बनाए । अस्ट्रेलियाका ड्यानियल साम्सले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए । यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए । यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इङ्लिसले २४ रन थपे । भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए । यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !