पर्यटकका सेवा सुविधामा ध्यान देऊ

शरद ऋतुको आगमन पर्यटकका लागि निकै अनुकूल समय हो । यो बेला भनेको नेपालमा विदेशी पदमार्गी पर्यटक मनग्यै भित्रने बेला पनि हो । पर्यटन व्यवसायका लागि यो बेला पर्व जतिको महत्वको बेला पनि हो । शरद ऋतु आफैंमा झरी र हुरीको बेला पनि होइन । यो शीतलहर र गर्मीको बेला पनि होइन । पहाडहरूमा हरियाली छाउने, बुकी पाटमा लेकाली पूmलहरू फुल्ने, जहाँकहीँ पानी हुने र दश दिशा खुलेको बेला पनि हो । तर, पोहोर सालदेखि ऋतुमा केही परिवर्तन देखिएको छ । भदौ र असोज महिनामा वर्षा बढी हुने गरेको छ । वर्षाका कारण हिमालय तथा यसको तल्लो क्षेत्रमा हिमपात हुने गरेको छ । यो वर्ष पनि पोहोरको झैं हिमाल पुगिरहेका पदमार्गी पर्यटकहरू हिउँ र वर्षातका कारण पदमार्ग जोखिम बढ्न गएकाले पदमार्गको यात्रा त्यागी सहरतिर फर्किरहेका छन् । यसरी फर्कने प्रक्रिया कतिपय पदमार्गी पर्यटकको स्वेच्छाले त कतिपय पदमार्गमा सेवा र सुविधा दिने संस्थाहरूको अनुरोधमा भइरहेको छ । यसले यस वर्षको यो सिजनमा हुने पर्यटन व्यवसायमा ठूलो नकारात्मक असर पारिरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आप्mना पदमार्गी पर्यटकलाई फर्काइरहेको छ । एक्यापले आप्mना संरक्षण इलाका याक खर्क, मनाङ, पिसाङ, चामेलगायतका ठाउँमा रहेकाहरू आप्mना पदमार्गी पर्यटकलाई फर्कन गरेको आग्रह स्वीकार गरी पर्यटक सुरक्षित गन्तव्य तथा सहरतर्फ फर्किरहेका छन् । वर्षाका कारण भेलबाढी तथा चिसो बढेर गएको छ । हिमाली बेल्टमा हिउँ पर्न सुरु गरिसकेको छ । यी कारणले मौसममा निकै बदलाब ल्याएको छ । माथिल्लो क्षेत्रमा जान जोखिम बढ्दै गइरहेको जानकारी आप्mना पदमार्गी पर्यटकलाई एक्यापले समयमै दिएर सचेत बनाइरहेको छ । कतिपय पर्यटक त आप्mनो भ्रमण अवधि छोटो भएको र अन्यत्र पनि भ्रमण तय भइसकेको कारण एक्यापको अनुरोधका बाबजुद आपूmखुसी माथिल्लो क्षेत्रसम्म पुगिसकेका छन् । जोखिम धेरै कारणले छन् । हिउँ परेको, वर्षा भइरहेका कारण मात्र होइनन् । यिनै प्राकृतिक विपद्का कारण निम्तने जोखिम हेरेर पर्यटकका लागि आवश्यक होटल, रेस्टुराँ तथा अन्य आवश्यक कुराको व्यवस्था गरिएको छैन । यसका लागि नेपाल सरकार पनि भनेको जस्तो व्यवस्थापनमा जुटिरहेको छैन । पर्यटन व्यवसाय सञ्चालन गरिरहेकाहरू पनि यसरी दत्तचित्त भएर आधार तयार गर्न लागिपरेको देखिँदैन ।

विश्व जलवायु परिवर्तनका कारण अब नेपालजस्तो हिमाली देशमा मौसमको समयमा क्रमशः परिवर्तन आइरहेको देखिएको छ । पहिले साउन र भदौलाई वर्षा भनेर ऋतुमा गणना गरिन्थ्यो । तर, केही वर्ष पहिलेदेखि भदौ र असोज वर्षा ऋतुमा परिणत हुनथालेको छ । जल तथा मौसम विभागले यसलाई अस्वीकार गरिरहेको छ । असोजमा हुने वर्षालाई बेमौसमी वर्षाको संज्ञा दिए पनि यसले पछिल्ला वर्षमा निरन्तरता दिन थालेको छ । बदलिँदो मौसमअनुसार नेपालको पर्यटन व्यवसायमा पनि बदलाब ल्याउन र आपूmलाई परिमार्जित गर्न सकेमा मात्र नेपालमा पर्यटन व्यवसाय फस्टाउने र समायानुकूल चल्ने देखिन्छ । यसका लागि ‘मास्टर प्लान’को आवश्यकता छ । त्यसैले, यस्तो मौसममा पनि पर्यटन सुचारु राख्नका लागि मौसम अनुकूलको पर्यटकको सेवा र सुविधामा ध्यान दिई पर्यटन व्यवसायलाई दिगो बनाऊ !

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

सोल्माले जित्यो ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’