किमाथांका नाका बन्द हुँदा खाद्यान्न संकट , हेलिकोप्टरबाट लगिँदै

संखुवासभा । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा  खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो ।

चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । खाद्यान्न संकट भएको भोटखोलामा आज (शनिबार) हेलिकोप्टरमा चामल, नुन, तेल लगायतका खाद्य सामग्री भोटखोला लगिने अध्यक्ष भोटेले बताए । गाउँपालिकाले तत्कालका लागि वडा नम्बर–१ लाई चामल ६ हजार ३ सय ५० किलोग्राम, नुन ३ सय किलो, तेल १ सय ८० किलो, मकै ६ सय किलो लगायतका अन्य खुद्रा ४० किलो खाद्यान्न लग्ने तयारी भएको गाउँपालिका अध्यक्ष भोटेले जानकारी दिए । गाउँपालिकाले खाद्यान्न खरिद गरेर तुम्लिङटार विमानस्थल परिसरमा राखेको उनले स्पष्ट पारे ।

खरिद गरिएका खाद्यान्न तुम्लिङटारबाट हेलिकोप्टरमार्फत भोटखोला लगिने अध्यक्ष भोटेले बताए । भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण कोदो, मकै र आलुबाहेकका खाद्यान्न उत्पादन हुँदैनन् । उत्पादन भएका कोदो, मकै र आलुले दुई चार महिना मात्र पुग्ने वडा नम्बर–१ का अध्यक्ष तेन्छेवी भोटेले बताए ।

भोटखोला–१ किमाथांका ८६ घर परिवार भर्खरै स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरीचौकी, स्वास्थ्य चौकी लगायतका कार्यालयका कर्मचारीलाई समेत समस्या खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका प्रमख प्रशासकीय अधिकृत फुर्वु भोटेले जानकारी दिए ।

नाकासँगै चीनले चाँगा, रिउ, ल्हासालगायतका बजार पसलसमेत बन्द गरेको र चिनियाँ नागरिकलाई समेत हिँडडुलमा रोक लगाइएको बताइएको छ । प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानी गर्न लागिएको उनले  बताए । खाद्यान्न संकट सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो ।

कोरोना भइरसका कारण चीनले गत ५ माघबाट उत्तरी क्षेत्रको किमाथांका नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा, देन्दाङ बजारमा आश्रित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य