चितुवा आक्रमणबाट बालिकाको मृत्यु

पोखरा । तनहुँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्युको घटना सेलाउन नपाउँदै पोखरामा पनि चितुवा आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । आक्रमणमा ज्यान गुमाउनेमा पोखरा–३२ कोठेडाँडाकी नौ वर्षीया पूजा विक हुन् ।

स्थानीय चन्द्रज्योति आधारभूत विद्यालय कक्षा ३ मा पढ्ने उनी बिहीबार विद्यालयबाट फर्केपछि छिमेकीको घरमा खेल्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि उनको खोजतलास भएको थियो । उनको खोजीका लागि परिवारका सदस्यसहित छिमेकीले हारगुहार गरे । अन्ततः चितुवाको आक्रमणमा परेकी उनको राति ९ बजे घरबाट करिब ३ सय मिटर टाढा जंगलमा शव फेला प¥यो ।

बालिकाको खुट्टा र टाउकोबाहेक अरू सबै अंग चितुवाले खाएको अवस्थामा शव भेटिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । ‘स्कुलबाट आएर खाजा खाएपछि खेल्न जान्छु भनेर निस्केकी थिई,’ पूजाकी आमा अप्सराले भनिन्, ‘श्रीमान् पनि कामबाट फर्किसक्नुभएको थियो, आएपछि सानी छोरी सपना दिदीकोमा टिभी हेरेर बसेकी छे, अहिले आउली नि भन्नुभयो, अबेरसम्म नआएपछि गाउँभरि सोधखोज ग¥यौं, आखिर यस्तो देख्नुप¥यो ।’

चितुवाले बालिका खाएपछि यतिखेर स्थानीय शोकसँगै त्रासमा छन् । गाउँको ’round जंगल रहेकाले घटना दोहोरिन सक्ने भन्दै गाउँले त्रासमा रहेको वडाध्यक्ष कार्कीले बताए । घटनास्थलमा डाँडाको नाका प्रहरी चौकीका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वको प्रहरी टोली राति नै पुगेको र स्थानीय, जनप्रतिनिधि र प्रहरी मिलेर नरभंक्षी चितुवा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

डिभिजन वन कार्यालय कास्कीका अधिकृत रामकाजी श्रेष्ठले पीडित परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको र केही समयपछि जम्मा १० लाख हुने गरी बाँकी क्षतिपूर्ति प्रदान गरिने बताए । तनहुँबाट आएको हुनसक्ने सो चितुवा नियन्त्रणमा लिन कर्मचारी र सुरक्षा निकायलाई खटाइएको उनले बताए ।

घटनाको अघिल्लो दिन मात्रै सोही वडाको तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालयमा पसेर आतंक मच्चाएकोे चितुवालाई वन कार्यालयले नियन्त्रणमा लिई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिदिएको थियो ।

त्यसअघि, तनहुँमा चितुवा आक्रमणबाट २१ महिनाको अवधिमा नौ बालबालिकाको ज्यान गएको छ । तनहुँको भानु, शुक्लागण्डकी नगरपालिका र आबुखैरेनी गाउँपालिकामा गरी नौ जना बालबालिकाको अकालमै ज्यान गएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९