चलचित्र मिलनको ट्रेलरमा त्रिकोणात्मक प्रेम

काठमाडौं । अगामी १८ कात्तिकमा रिलिज हुने भनिएको चलचित्र मिलनको सोमबार राजधानीमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा यो चलचित्र प्रेम र बिछोडको पीडामा केन्द्रित रहेको देखिन्छ ।

फिल्मको ट्रेलरमा अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडका कथा छ। त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।

यो चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । अहिलेका तन्नेरी पुस्ताको सस्तो प्रेम समस्यालाई यसमा उठान गरेको राईले बताए । फिल्मका लेखक पनि उनी नै हुन् ।

चलचित्रलाई प्रविन थापाले निर्माण गरेका हुन् । युवापुस्ताका लागी मन पर्ने चलचित्र आफुले बनाएको उनको कथन थियो । चलचित्रमा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको उनले बताए ।

यो चलचित्र राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?