चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

पोखरा । तनहुँमा चितवाको आक्रमण श्रृंङ्खला रोकिएको छैन । शुक्रबार बिहान तनहुँको बन्दीपुर गाउँपालिका ३, सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भयो ।

बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा ११ वर्षीया बिना चेपाङ हुन् । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । स्थानीय जनता प्रावि कक्षा ५ की विद्यार्थी समेत रहेकी उनलाई चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

तनहुँमा गएको ५ वर्षयता १२ जना बालबालिका चितुवाको चेपुवामा परेका छन् । चितुवाले विशेषगरी १२ वर्ष कम उमेरका बालबालिकालाई निशाना बनाउँदै आएको छ । तर, चितुवा आक्रमण विभिन्न प्रयास भए पनि रोक्न सकिएको छैन । गएको असारमा पनि बन्दीपुर–१ का ५ वर्षीय बालक सुप्रिम बगाले मगरको चितुवाकै आक्रमणबाट मृत्यु भएको थियो । आक्रमणमा ८ वर्षीया रियाना थापा र ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका थिए । चितुवाले जंगलमा आहारा नभेटाउँदा गाउँबस्तीमा छिर्न थालेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म