‘हामी संसदमा जान तम्तयार छौँ’ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन्।

बिहीबार काठमाडौँमा चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका सामान्यभन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए। आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको उनको भनाइ छ।

सभापति लामिछानेले बलियो प्रतिपक्षी नहुँदा देशमा विकास हुन नसकेको बताए। सधैँ नेताले जितेको र अब जनताले जित्नु पर्ने र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा उनले जोड दिए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपालगायतका पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)