डिस्चार्ज भए इमरान खान

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ ।

पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट बाहिर निस्किएको देखाएको छ ।

७० वर्षीय खानमाथि बिहीबार पूर्वीसहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो ।
गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अब को प्रधानमन्त्री ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९