प्युठानमा जीप दूर्घटनाः ३ जनाको मृत्यु

प्युठान । दाङ-प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका-५ पूर्णगाउँमा खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।

प्युठान नगरपालिका-५ पातल कटेरी निवासी ५२ बर्षीया मैमा घर्ती, सोही ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा र ४६ बर्षीय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । दुर्घटना राति २:३० बजे भएको हो । गाडी सडक देखि दुई सय मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण