अब धोती पाटा फेरेर भान्सामा जाउँ

भान्सामा सहभागी धाेती फेरेका भान्से, गाउँमा अहिले पनि सिमित मान्छे धाेती फेरेरै भान्सामा सहभागी हुन्छन्



६ वर्ष पूरा हुन केही महिना बाँकी थियो, घरमा कुरा चल्यो ब्रतबन्धको । मलाईभन्दा पनि बालाई छोराको ब्रतबन्ध गर्ने रहर लागेको रहेछ । बाको बिहेपछि हाम्रो घरमा ठूलो कार्जे भएको थिएन । त्यसकारण पनि बालाई मेरो ब्रतबन्ध गर्ने रहर थियो ।

‘बर्तुन गरेसी त ननुहाई पानी पनि खान हुन्न, बासी त छुनैहुन्न ।’ हजुरआमाले भन्नु भयो । बिहान उब्रेको भातमा दुध राखेर सिल्भरको कचौरामा अँगेनामाथि राख्दिनु हुन्थ्यो हजुरआमाले । प्रायः दिउँसो ३ बजेतिर खाजाको रुपमा त्यही खान्थेँ । खीरभन्दा पनि मीठो हुन्थ्यो दुधमा ढड्याएको बासी भात । ब्रतबन्धपछि दुधमा ढड्याएको भात पनि खान नपाइने भो ! थोरै चिन्ता बढ्यो । अर्को कुरामा खुसी थिएँ, ब्रतबन्ध गरेपछि बासँगै धोती फेरेर चुल्हामा बसेर भात खान पाइन्छ ।

सर्ट, पाइन्ट, जुत्ता सबथोक नयाँ लगाउन पाइने । कसार, सेल, दनेउरो, अनरसालगायत नयाँ परिकार खान पाइने । हामी सानो छँदा सेल खान ठूलै चाड आउनु पथ्र्यो, सेल असाध्यै मिठो परिकारको रुपमा चिनिथ्यो (गाउँमा अरु मिठाइको ’boutमा जानकारी नै थिएन)

ब्रतबन्ध भयो, ठूलोबाले गायत्री मन्त्र सुनाउनु भो– ‘ओम भुर भुवस्व ….।’ पहिलो पटक धोती फेरेर ब्राम्हणहरुको बीचमा बसेर भात खाइयो । धोती फेरेर ठूला मान्छेहरु विचमा बसेर भात खाएपछि लाग्यो ‘अब म पनि ठूलो मान्छे भएँ ।’
ब्रतबन्ध सकियो । पाहुना पाच्छा आ–आफ्ना घरतिर लागे । कसार सेलरोटी सबै सकियो । बल्ला थाहा भो मेरो दुःखको दिन सुरु भएको । दुधमा ढड्याएको सिल्बरको कचौराको भात बहिनी एक्लै खान थाली । खाजाको रुपमा मेरो भागमा भुटेको मकै ।

हजुरआमाले धोती र एक अम्खोरा पानी ल्याएर राखिदिनु भयो ।रामहरी दाइले धोती खाटको बारमा राख्नु भयो र हात धोएर भित्र जानु भो । चकटी तानेर बहिनीहरु बस्ने ठाउँमा बसेर भात खानु भयो ।

हजुरआमालाई असाध्यै धेरै धर्म गर्नुपथ्र्यो । १०२ ज्वरो आएको बेलामा पनि बिहानै उठेर पँधेरा जानु हुन्थ्यो र नुहाउनुहुन्थ्यो । पँधेरबाट फर्किंदा ननुहाएको मान्छेलाई बाटोमा छुन हुन्थेन । कसैसँग बोल्नु पनि हुन्थेन । सानो स्वरमा गुन्गुनाउदै घर आइपुग्नु हुन्थ्यो । पछि थाहा भो नुहाएपछि मन्त्र जप्नु भएको रहेछ । पँधेराबाट घर आउँदासम्म त्यही मन्त्र दोहो-याइ तेह-याइ जप्नु हुँदो रहेछ । मलाई पनि ठूलोबाले खाना खानुअघि, नुहाउने बेला, नुहाइसकेपछि जप्ने मन्त्र सिकाउनु भएको थियो । मनमनै जप्थेँ ।

मलाई गा-हो लाग्ने काम मध्ये एउटा हो जाडो महिनामा नुहाउनु (अहिले पनि जाडोमा नुहाउन ७ दिन कटनै पर्छ) हजुरआमाको अगाडी जाडो छ नुहाउदिन भन्ने हिम्मत थिएन । जुरुक्क उठेर धोती बोकेर पँधेरो गइहाल्थेँ । सुरुमा त जसोतसो नुहाएँ, तीन चार महिनापछि उपाय पत्ता लगाएँ । धारामा जाने टाउको भिजाउने र धोती फेरेर आउने । कपाल भिजेको देखेपछि हजुरआमा नातीले नुहाएको कुरामा शंका गर्नुहुन्थेन । तर, त्यो काम उत्तिकै जोखिमयुक्त थियो । जोखिम यसकारण कि यदि मैले टाउको भिजाएर धोती फेरेको कुरा कसैले घरमा भन्दियो भने…। त्यो काम धारामा कोही नभएको बेला गर्नुपर्ने थियो । गाउँभरिको एउटै पँधेरो कहिले काँहि मान्छे जालान् र टाउको भिजाउँला भन्दा भन्दै एकघन्टा बित्थ्यो ।

जुन दिन पँधेरामा धेरै बेर लाउथेँ हजुरआमाले सोधिहाल्नु हुन्थ्यो ।

‘कति बेरा लाको ?’

‘धारामा पालै नपाएर ।’

टाउको मात्रै भिजाएको थाहा पाउनु पो भयो कि भन्ने चिन्ताले सानो स्वरमा बोल्थेँ ।

‘भुरा मान्छे भएर पनि पर्खेर साध्ये लाग्छ । फुत्त छिर्ने ख्वाल्ल पारिहाल्न पर्छ ।’

हजुरआमाले भन्नुहुन्थ्यो ।

‘भोलिदेखि त्यसै गर्छु ।’ म भन्थेँ ।

०००
ब्रतबन्धपछि पञ्चायन पूजा र बेलुकाको आरती बाल्ने मेरो जिम्मा लगाउनु भएको थियो । भात खाँदा धोती पाटा त छँदैछ । जाडो होस् या गर्मी चारहाते धोती फेर्नै पथ्र्यो । गर्मीयाममा धोतीको फेर कम्मरमा बाँध्ने चलन थियो भने जाडोयाममा त्यही फेर ओढिन्थ्यो । पिर्कामा बसेर खानु पथ्र्यो । चुलोमा चकटी निषेध थियो । कतै भोज जाँदा (जन्ती जाँदा) पनि धोती बोकेर जानु पथ्र्यो ।

भात खाँदा विशेष विधि थियो । अम्खोराको पानीले पहिला बल हाल्ने (थाल अघि पानीको घेरा) थोरै भात (आधा चम्चाजति) थालवाट झिकेर झुईमा राख्ने अनि मात्रै खान सुरु गर्नु पथ्र्यो । सुरुको दुईचार दिन त रमाइलो लागेको थियो । त्यसपछि त दिक्क भैसकेको थिएँ । हजुरआमाको अगाडी दिक्क भएँ भन्न सक्ने हैसियत थिएन ।

ब्रतबन्ध गरेको एक वर्ष भएको थियो । रामहरि दाई (अहिले सरस्वती क्याम्पस पठाउनुहुन्छ) पाहुना आउनु भयो बिहानै । उहाँ हाम्राे नाता पर्ने मान्छे काठमाडाै बस्नुहुन्थ्याे । बिहानको समय थियो । दशैंआउनु केही दिन अगाडी । के कामले अाउनु भएकाे थियाे थाहा छैन । हजुरअामासंग बिहानभरी कुरा गर्नु भयाे ।

‘बाबु अब भान्सामा जाउँ ।’

हजुरआमाले धोती र एक अम्खोरा पानी ल्याएर राखिदिनु भयो । म पूजारी भएकाले पहिल्यै धोतीपाटामै थिएँ । रामहरि दाईले धोती खाटको बारमा राख्नु भयो र हात धोएर भित्र जानु भो ।

‘हजुर आमा मलाई त यही दिनुस् ।’

रामहरि दाई चकटी तानेर बहिनीहरु बस्ने ठाउँमा बसेर भात खानु भयो । कुन कामले आउनु भएको थियो मलाई थाहा थिएन । उहाँ भात खाएर जानु भो ।

रामहरि दाई गइसकेपछि मैले हजुरआमालाई सोधेँ

‘हजुरआमा रामहरि दाईको ब्रतबन्ध गरेको छैन ?’

‘किन नगर्नु नि । उहिल्यै ग-या ।’

‘किन धोती नफेरी भात खाका त ?’

मेरो प्रश्नको उत्तर दिँदै भन्नु भो ‘त्यो मान्छे कमिष्ट (कम्युनिष्ट) हो ? मलाइ लाग्याे कमिष्ट हुँदा फाइदा रहेछ । रामहरी दाइले धाेती नफेरी भात खानु भएकाे भन्दा पनि बहिनीले दुधमा ढड्याएकाे भात एक्लै खाएकीमा डाहा थियाे । साेचें ‘कमिष्ट हुन पाए त बासी भात पनि खान पाइन्छ हाेला ।’

०००
हाम्रो घरमा मात्रै होइन सिंगै गाउँमा ब्रतबन्ध गरेकाहरुले चुल्होमा धोती फेरेरै भात खान पथ्र्यो । बिहे, ब्रतबन्धलगायत जुनसुकै भोजमा जुनसुकै याममा भात पकाउने र बाँड्नेहरुले धोती फेरेर भात पकाउथे । जुत्ता चप्पल लगाएर भान्सामा प्रवेश गर्नु महापाप ठहरिन्थ्यो । खाली खुट्टाले नलका ठुटा कुल्चँदै खँडकुराको कडि समाएर भोज भतेरमा भात बाँड्न दौडनु सामान्य थियो । कुमाई र पुव्र्याह । ब्रह्माण समुदायभित्रै दुई जात थियो, एउटा समुदाय अर्काले पकाएको खान्न थे । हरेक भोजमा दुई भान्सा हुन्थ्र्यो कुमाई र पूव्र्याहाको । निम्तालुहरु आ–आफ्नो समुदायको भान्सामा भोजन गर्थे ।

०००
समय बदलिँदै गयो । कुमाई र पूव्र्याहबीच बिहेवारी चल्न थाल्यो भान्सा एउटै भयो । भान्सेहरुले धोतीमाथि सुइटर लाउन थाले (सुइटरलाई चोखो भनिन्थ्यो किन हो अहिले पनि थाहा छैन) । भान्सले सुइटर लगाउन थालेपछि खानेहरुले पनि आंशिक कपडा फेर्न थाले । देश विदेशका भोज भतेरका शैली’bout चर्चा हुन थाल्यो ।

भोज भतेरमा सहभागी मध्ये धोतीपाटा नफेर्नेहरुको बहुमत हुन थाल्यो । भान्सेहरुले पनि आगन्तुककै शैलीमा धोती फेर्न छाडे । यतिसम्म कि जुत्ता नफुकाली भोजमा सहभागीको विशेष चर्चा हुन थाल्यो । गाउँघरमा जुत्तासहित भोजमा सहभागिता शिक्षकहरुवाट सुरु भयो । ‘फलाना माष्टरले जुत्तै नफुकाली भात खाए रे ।’ भोज सकिए लगत्तै टिप्पणी हुन्थ्यो । अहिलेकाे शब्दमा भन्दा जुत्ता लाएर भात खाने माष्टर सेलीब्रेटी भए । शिक्षकहरुबाट सुरु भएको शैली आम बन्दै गयो । भोजमा सहभागी मात्रै होइन भान्सेको खुट्टामा समेत जुत्ता चप्पल अनिवार्य हुन थालेको छ अचेल ।

०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछि लुगा नफुकाली भोजमा सहभागी हुनेहरुको आत्मबल बढ्यो । ०५१ सालमा सुरु भएको सशस्त्र ‘जनयुद्ध’ले विभिन्न जातका मान्छेहरुवीच सहभोजको संस्कार विकास ग-यो ।

अहिले गाउँमा विवाहित महिलाहरू यसरी भाेजमा सहभागी हुन्छन्

कुमाई र पूर्व्याहाविच बिहेवारी चल्न थाल्यो भान्सा एउटै भयो । भान्सेहरुले धोतीमाथि सुइटर लाउन थाले

जातकै आधारमा केही टाठा बाठाहरुले विभेद गरेको अवस्थामा विभिन्न जातका नाममा विभाजितहरुलाई एउटै लाइनमा राखेर भोजमा सहभागी गराउनु आफैंमा एउटा राम्रो संस्कारको सुरुवात थियो । यो संस्कार कालान्तरसम्म जारी रहनुपर्छ । किनकी जातकै आधारमा कोही ठूलो र कोही सानो हुन्न । विश्वभरका मान्छे समान हुन् त्यसमा कुनै शंका छैन । तर, भान्सा सहभागी हुनेहरु सफा हुुनुपर्छ भनेर उहिल्यै ब्रम्महणहरुले सुरु गरेको संस्कार गलत रहेनछ भनेर पनि मनन गर्ने बेला बेला भएको छ ।


अहिले विश्वभर महामारीको रुप धारणा गरेको कोरोना भाइरसबाट बच्नका लागि सरकारले सञ्चारका विभिन्न माध्यममार्फत् सन्देश जारी गरेको छ । सन्देशको सार रहेको छ ‘खाना खानु अगाडी, साबुन पानीले हात धोउँ, एक अर्कासँग हात नमिलाऔं, अंकमान नगरौंलगायत ।

यी सन्देशहरु सुन्दा लाग्छ । ब्रम्हण समुदायले परापूर्व कालमा सुरु गरेका संस्कार (कतिपयलाई कुसंस्कार पनि लाग्ला) विज्ञानसम्मत रहेछ । यसको अर्थ यो होइन कि ब्रम्हण समुदायका सबै प्रचलन सहि छ । गलत शैलिलाई संस्कार बनाउने प्रयाश कसैले गरेको छ भने ठाडै प्रतिवाद गर्नुपर्छ तर, समाजलाई सभ्य र सुसंस्कृत बनाउने शैलि अपनाएका छन् भने जुनसुकै जात, धर्म र समुदायले अपनाएको शैलि पनि अंगीकार गर्नुपर्छ । म त भन्छु अब भोज भतेरमा फेरि एक पटक धोतीपाटाको संस्कार सुरु गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 1,181 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य