नुवाकोट– २ बाट केसी र चितवन–३ बाट पाण्डे निर्वाचित

काठमाडौं । काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नुवाकोट–२ बाट नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी र चितवन–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् ।

केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

उपाध्यक्ष पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् । पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् । 
 

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता