काभ्रेपलाञ्चोक । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै सत्ता गठबन्धनका उम्मेदवार दोङ विजयी भएका हुन्।
दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार निकटतम प्रतिद्वन्द्वी लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन् ।
काभ्रेका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नं १ मा १ लाख ५२ हजार ६ सय २१ मतदातामा रहेकोमा ५९ हजार १ सय ४९ मत खसेको थियो । दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको काभ्रे जिल्लामा सबै क्षेत्रको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)