राजेन्द्र महतोलाई हराउदै महिन्द्रा राय निर्वाचित

सर्लाही । सर्लाही क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा नेपाल समाजवादी पार्टी (नेसपा)का उम्मेदवार महिन्द्र राय यादव निर्वाचित भएका छन् । रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतोलाई २ हजार १३ मतको मतान्तरले पराजित गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिएका रायले २३ हजार ५ सय २९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत ल्याए ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोलाई त्यसबेला पनि नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादवले पराजित गरेका थिए ।

२०७० मा महतो सद्भावना पार्टीबाट उम्मेदवारी दिएका थिए भने यादवले तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार बनेका थिए । क्षेत्र नं. २ मा एक लाख १६ हजार २ सय २३ मतदाता रहेका छन । त्यसमध्ये आइतबार सम्पन्न निर्वाचनमा ७४ हजार १५५ अर्थात ६४.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै अर्का उम्मेदवार नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ मत प्राप्त गरेका छन् ।

यसैगरी सर्लाही क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कौशल किशोर राय निर्वाचित भएका छन् । मधेश प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार रायले ९६२६ मत ल्याए । उनको निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका उम्मेदवार मेथुर चौधरीले ९४४७ मत प्राप्त गरे । नेपाली कांग्रेसका उम्मेदवार रायले १७९ मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका उम्मेदवार चौधरीले पराजित गरेको क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा