बाजुरा प्रदेश सभा (ख) मा काँग्रेसका शाही विजयी

बाजुरा । बाजुराको प्रदेश सभा (ख) मा गठबन्धनका साझा उम्मेदार पदम बहादुर शाही विजयी भएका छन् । नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश समितीका संगठन विभाग प्रमुख समेत रहेका शाही फराकिलो मतको अन्तरले सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।

प्रदेश सभा (ख)को मतगणना सकिएपछी काँग्रेस उम्मेदवार शाहीले नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्दै आफ्नो जित हासिल गरेका हुन् । जिल्लाको प्रदेश (ख) मा ५३ हजार ६२६ मत खसेको थियो ।

त्यस मध्य शाहीले २० हजार ११९ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । त्यस्तै शाहीका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लाल बहादु्र थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन