बालेन शैलीमा शिवराजका मेयर

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापा एक पछि अर्को कामले चर्चामा आएका छन् । केहि समय अगाडी बजार क्षेत्रमा सडक पेटि मिचेका अतिक्रमण हटाएर सडक नाली बनाउन सफल भई चर्चामा आएका थापा फेरी पनि चर्चामा आएका छन् । चन्द्रौटा बजार क्षेत्रमा सडक मिचेर ब्यबसाय गरेका ब्यापारीलाई सडक खाली गर्न आग्रह गर्दा समेत ब्यबसायीहरुले अटेरी गरे पछि नगरप्रमुख थापा आफै सडक मिचेका ब्यबासायीहरु हटाउन प्रहरी, नगरपालिकाको टिम सहित सडक उत्रिएका हुन् ।

मेयर थापाले चन्द्रौटा बजार सुन्दरीकरण र यात्रुहरुलाइ सजह होस भनेर बजार क्षेत्रको नाली र सडक मा राखिएका फलफुलका ठेला र सामानहरु हटाएका छन् । एक पछि अर्को एक्सनमा आएका मेयर थापाले गरेको यो प्रयासलाइ निरन्तरता दिदै सडक अतिक्रमण हुन नदिन नगरपालिकाले नियमित अनुगम गर्नु पर्ने र सडक नाली मिचेर ब्यबसाय गर्नेहरुलाई कार्बाही गर्नु पर्ने भन्दै स्थानियले समेत मेयर थापाको कदमलाइ सकारात्मक रुपमा लिएका छन् ।

बजार क्षेत्रमा अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको र दुर्घटनाका जोखिम पनि बढ्दै गएको भन्दै मोटरसाइकलका साथै तीनपांग्रे र चारपांग्रेको सवारी साधनको लागि निश्चित ठाउँ मात्रै पार्किङ क्षेत्र तोकिएको नगरपालिकाका नगर प्रमुख थापाले बताए । उनले तोकिएको ठाउँ भन्दा अन्यन्त्र पार्किङ्ग गरे कारवाही हुने समेत बताए । बजारको सुन्दरता बढाउन पार्किङ लाई ब्यविस्थत गर्न सवारी पार्किङ्गका लागि मार्किङ सुरु गरेको थापाले बताए ।

मेयर थापा व्यवस्थित पार्किङ्गका लागि सडकमा नै उत्रिए पछि स्थानियले पनि थापाको साथ दिएका छन । अस्तव्यस्त पार्किङ्ग बजारमा पैदल यात्रुलाई जोखिम बनेको थियो । थापाले वजार व्यवस्थापन गर्न सडक पेटीमा राखिएका व्यवसायहरुलाई पनि हटाउन ३५ दिने सुचाना निकालेर काम सुरु गरेका छन। सडक मिचेर व्यवसाय गर्ने जोकोहि भए पनि कार्वाहीको दायरामा पर्ने बताए। मेयर थापा आफैँ सडकमा उत्रीयर काम गर्न सुरु गरेपछि यतिबेला मेयर थापाले बालेन शैली अपनाएको भन्दै स्थानीयले प्रशंसा समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित