काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको छ । सभामा आव २०७५÷७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम वित्तीय विवरण पेस गर्दै कम्पनीको हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेकोमा नियामक निकाय बिमा समितिको निर्देशनबमोजिम १ अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था भएअनुसार सर्वसाधारणका लागि सुरक्षित गरिएको ३० लाख कित्ता सेयर यसै आर्थिक वर्षमा जारी गर्ने प्रस्ताव पेस गरेका थिए ।
त्यसैगरी, आगामी आव २०७६÷७७ का लागि कम्पनीको वार्षिक लेखापरीक्षकमा सुजन काफ्ले एलआर एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।कम्पनीको प्रधान कार्यालयसहित गत आव मा १६ वटा शाखा कार्यालय सञ्चालन रहेकोमा यस आवमा थप १० वटा शाखा तथा कृषि बिमा कार्यालय सञ्चालन गरी कम्पनीको व्यावसायिक दायरा फराकिलो पार्दै लगिने जानकारीसमेत सभामा दिइएको थियो ।