एनआईसी एसिया बैंकको ग्राहकमैत्री नयाँ वेबसाइट

काठमाडौं।   एनआईसी एसिया बैंकले ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरूका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ । नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरूका लागि अन्तक्र्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।

नयाँ वेभसाइटमार्फत नेपाली भाषामा बैंकका सूचनाहरू उक्त वेबसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ । गुगल म्यापलाई समेत संलग्न गरिएकाले उक्त वेबसाइटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउन्टर, एटीएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै, बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको पहिचानसमेत गर्न सकिनेछ ।

बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ र ग्राहकलाई बैंकको ’boutमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको छ । बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४४१ एटीएम, १०४ वटा एक्स्टेन्सन काउन्टर एवं ५० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

epaper

ताजा समाचार

खेम शर्माको तीनवटा कृति सार्वजनिक