काठमाडौं। एनआईसी एसिया बैंकले ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरूका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ । नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरूका लागि अन्तक्र्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।
नयाँ वेभसाइटमार्फत नेपाली भाषामा बैंकका सूचनाहरू उक्त वेबसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ । गुगल म्यापलाई समेत संलग्न गरिएकाले उक्त वेबसाइटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउन्टर, एटीएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै, बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको पहिचानसमेत गर्न सकिनेछ ।
बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ र ग्राहकलाई बैंकको ’boutमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको छ । बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४४१ एटीएम, १०४ वटा एक्स्टेन्सन काउन्टर एवं ५० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।