पशुपति प्रसादको सिक्वेलको रुपमा भस्मे डन

काठमाडौं । चलचित्र पशुपति प्रसादको दोश्रो सिक्वेलको रुपमा ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपति प्रसादमा भस्मे डनको रुपमा विपिन कार्की थिए । अब यो फिल्ममा भस्मे डन मुख्य भूमिकामा हुनेछन् । फिल्मको रिलिज मिति तोक्दै निर्माण घोषणा गरिएको छ । आगामी दशैंमा यो फिल्म रिलिज गर्ने घोषणा निर्माणपक्षले यतिबेला गरेको छ ।

यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का अनुबन्ध भैसकेका छन् । फिल्मको निर्मातामा यसपटक अभिनेता खगेन्द्र लामिछानेसँगै निर्देशक दीपेन्द्र के. खनाल पनि रहेका छन् । निर्माणपक्षले यो फिल्म निर्माणको घोषणा सहित रिलिज मिति सामाजिक सञ्जाल मार्फत तोकेको छन् ।

यो चलचित्रको छायाँकन १२ फागुनबाट गर्ने यसका निर्माता दीपेन्द्र के खनालले बताएका छन् । फिल्मको स्कृप्ट खगेन्द्र लामिछानेले तयार गरेका छन् । अर्को साताबाट फिल्मको अभिनय कार्यशाला सुरु गर्ने निर्देशक खनालले बताएका छन् । उनका अनुसार पशुपति प्रसादको कथा जहाँ पुगेर सकिएको थियो । भष्मे डनको कथा त्यहीबाट सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप