शीतलहर र हाइपोथर्मिया

तराई मधेसमा शीतलहरले आधा दर्जनबढीको मृत्यृ भइसकेको छ । प्रदेश प्रहरीको तथ्यांकमा २०७४ मा ५५ जना,२०७५ मा दुईजना,२०७६ मा सातजना र २०७८ मा तीनजनाको मृत्यृ जाडोका कारण भएको छ । तथ्यांकमा नआएका धेरै हुनसक्ने अनुमान छ । विपद् व्यवस्थान कोषमा पैसा रहे पनि निर्देशन नआएको भन्दै उपयोगको तत्परता नै छैन । दिन प्रतिदिन तापक्रम घट्दै चिसो बढेर तराईमा शीतलहर र पहाडमा हिमपात हुँदै छ । जसका कारण प्रतिरोधात्मक क्षमता कम भएका वर्ग जोखिममा परेका छन् । त्यसैमा पनि शरीर खुम्चिई रक्तनली साँघुरो, रक्तप्रवाहमा कमी, मुटुरोग र त्यसका जटिलताको बढोत्तरी हुँदै छ । पेटले राम्रोसँग काम नगरी पाचनसम्बन्धी समस्या, ग्यास्ट्रिक, अपच, बान्ता, पखाला, नाकमा पातलो सिँगान र भाइरल संक्रमण सामान्य बन्छन् । सरसफाईमा हुने कमीले छालासम्बन्धी समस्या देखिन्छन् ।

त्यसो त जाडो याममा तराई क्षेत्रमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुनु दुःखलाग्दो विषय हो । शीतलहर केही समयको मौसमी स्थिति भनेर मौन रहनुहुँदैन, यसले कृषि व्यवसायलाई क्षति, पशुपंक्षीको मृत्यु, विद्यालयको पठनपाठन स्थगित र मानिसको मृत्यु हुन थालेको छ, जुन संवेदनशील विषय हो । शीतलहरका कारण गरिब, असहाय, बालबालिका र वृद्धवृद्धाको जीवन कष्टकर हुने गर्छ ’cause अत्यधिक चिसोका कारण शारीरिक रूपले कमजोर वृद्ध र बालक बढी प्रभावित हुन्छन् ।

शीतलहरले पशुपंक्षीको मृत्यु, विद्यालयको पठनपाठन स्थगित र मानिसको मृत्यु हुन थालेकाले निकै संवेदनशील बनाएको छ


सितांग
साधारणतया जति गरम र तातोसँग मानिस अनुकूल बन्न सक्छ, त्यति चिसोसँग हुन सक्दैन । जब बाक्लो हुस्सु, चिसो वातावरण र शीतलहर चल्छ तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्छ । हाइपोथर्मियाबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु, जो एकठाउँमा नचली बस्छन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ । साथै, अन्य अवस्था तथा रोगको जटिलता भएकामा पनि यो समस्या देखिने गर्छ, ’cause यिनीहरूले या त चिसोको अनुभूति गर्न सक्दैनन् वा त्यसको सिकायत गर्न सक्दैनन् वा जाडोबाट बच्नका लागि कुनै उपाय अपनाउन सक्दैनन् । तर, युवा तथा प्रौढले जाडो मौसममा आफ्नो शरीर न्यानो पार्न, इनरकोटका रूपमा मध्यपान अत्यधिक गर्नाले होस हराएर लामो समय चिसोमै बेवारिसे भइरहनाले तथा धेरै मद्यपानका कारण शरीरका रक्तनलीहरू फुलेर ताप नोक्सान भई अकालमा ज्यान जान्छ ।

साधारणतय यो समस्या बाहिरी वातावरणमा काम गर्ने मजदुरहरू, लामो दूरीका पौडीवाजहरू, हिमाल तथा पहाडका पदयात्रीहरूमा देखिन्छ । शरीरको भित्री तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले नै कम्पनसेट गर्ने गर्छ । शरीर काम्नुको साटो मांशपेसी कडा हुने निदाउने शिराधमनी खुम्चिने गर्छ । तर, जब गुदद्वारको तापक्रम २५ डिग्री सेल्सियस वा ७७ डिग्री फरेनहाइटभन्दा कम हुन्छ, तब व्यक्तिको मृत्यु हुने गर्छ । यो एउटा मेडिकल इमर्जेन्सी हो, जसमा तुरुन्तै उपचारको जरुरत पर्छ ।

हाइपोथर्मियाको जोखिम समूहमा बालबालिका, वृद्धवृद्धा, अत्यधिक मद्यपान गर्नेहरू, हिमाल र चिसोपानीमा काम गर्नेहरू, चिसो हावामा भिजेको कपडा लगाउनेहरू, एडिसन रोग भएका, मिक्सोएडमा रोग भएका, मस्तिष्क तथा हृदयाघात भएका, कलेजो बेकम्मा भएका, चिनीको मात्रा कम भएका र फिनोथाइजाइड औषधि प्रयोग गरिरहेका रहेका छन् ।

लक्षणहरू : बिरामीले थकित महसुस गर्छ, बिरामीको मुड र मोटर कार्यहरू खलबलिन्छन् । बिरामीले चिसो महसुस गर्छ, पहेंलो, सेतो देखिन्छ, मांशपेसीहरू कडा, नचल्ने हुन्छन्, रक्तचाप, नाडीको गति कम हुन्छ । मांशपेसी बिग्रने, प्यान्क्रियाजमा सुजन हुने गर्छ । जब शरीरको तापक्रम २६ डिग्री सेल्सियसभन्दा कम हुन्छ, बिरामी बेहोस हुन्छ, सुन्निन्छ, आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने टेन्डन रिफलेक्स हराएर जान्छ ।

मौसमी रोग, विषम परिस्थिति तथा महामारीबाट धनजनको क्षति रोक्न समयभन्दा पहिल्यै सचेत भई आपत्कालीन तयारी गर्ने गर्नुपर्छ


चिकित्सा भाषामा हाइपोथर्मिया भनिने अवस्था सृजना हुँदा शरीरको तापक्रम गुदद्वारको ३५ डिग्री सेन्टिग्रेडभन्दा तल झर्छ र २५ डिग्री सेल्सियससम्म पुग्छ । शरीरको तापक्रम कम हुने विभिन्न कारणमा शीतलहर, अत्यधिक चिसो मौसम, वातावरण पनि हो । शरीरको तापक्रम सामान्य राख्ने प्रक्रिया खलबलिनु, निमोनिया लाग्नु, हाइपोथाइरोइडिज्म हुनु र चिनी कम तथा कम हलचलका कारण शरीरको रासायनिक प्रक्रिया कम हुन गई आवश्यक ताप पैदा नहुनु, छालाको समस्याले शरीरको ताप नोक्सान हुनु, उमेर र मानसिक रोगका कारण चिसो महसुस नहुनु, जाडोमा राति धेरैबेर चिसोमा रहनु तथा कतिपय मानसिक रोगसम्बन्धी औषधिका कारण शरीरको तापक्रम घट्न गई हाइपोथर्मियाको स्थिति उत्पन्न हुन्छ ।

शरीर राम्रोसँग संचालन हुन शरीरका विभिन्न रासायनिक प्रक्रिया निरन्तर चालू राख्न शरीरको तापक्रम सामान्य अवस्थामा रहनु पर्छ । तापक्रम कम हुँदा प्रमुखतय मुटु, मस्तिष्क वा गिदीजस्ता संवेदनशील अंगमा सजिलै असर पर्छ ।

उपचार
शीतलहर वा हाइपोथर्मियाबाट प्रभावित व्यक्तिलाई उपचारका क्रममा एकैपटक वा छिटो तताउनुहुँदैन ’cause यसो गर्दा शरीरको रक्तनली एक्कासि फुल्न गई ताप नष्ट हुन्छ र प्रभावित व्यक्ति अचेत भई मृत्यु पनि हुन सक्छ । न्यानो कोठामा राख्ने, तातो झोल खानेकुरा पिउन दिने, न्यानो लुगा लगाइदिने, बाक्लो कपडाले ढाकिदिने र बिस्तारै तताउँदै लग्नुपर्छ । तताउँदा शून्य दशमलव ५ देखि १ डिग्री सेल्सियस प्रतिघण्टाका दरले तापक्रम बढाउनुपर्छ । तर, हिटर वा आगो ताप्न दिनुहुँदैन । प्रभावित व्यक्तिको तापक्रम, रक्तचाप नाडीचाल श्वासप्रश्वासदर पटकपटक जाँचिरहने जसबाट शरीर तातिरहेको वा अचेत हुन लागेको वा शरीर तीब्र गतिमा तातिरहेको थाहा हुन्छ ।
प्लास्टिकको झोला वा स्पेस ब्लाङ्केटलाई घाँटीसम्म राखी तातो पार्न सकिन्छ । मुटुको फोक्सोको, रक्तचाप, रगतको मात्रा, हाइपोथाइराडिज्म र ड्रग ओभरडोजको ध्यान दिनुपर्छ ।

रोकथाम
चिसोबाट बच्न वा शरीरलाई न्यानो बनाउन तताउन भनेर नेपाली समाज आज पनि मानिस परापूर्वकालीन उपायहरू जाडोका साथी रूई, फुई, दुईमा भर पर्दै छ । दाउरा, गुइँठा र कोइलाको प्रयोग गर्छन् । बढी मादक पदार्थ सेवन गर्ने, प्रदूषित र गुम्म परेको बन्द कोठामा आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल र ग्यास हिटरमाथि पानी नराखी ताप्ने, बालेरै सुत्ने, बच्चालाई आगोमा सेकाउनेजस्ता अवैज्ञानिक काम गरिँदै छन् । कार्बनडाइअक्साइड बढी भए विषमा परिणत हुन्छ र अक्सिजन कम हुन जान्छ, जसले गर्दा निसास्सिएर मानिस बेहोस भई मृत्यु भएका उदाहरण धेरै छन् ।

तमाखु, चुरोट, रक्सीको बढी सेवन गर्ने, बढी चिसोले गर्दा घरमा धुँवा बालेर गुम्साउने चलन तथा अज्ञानताका कारणले घरमा भेन्टिलेसनको व्यवस्था नहुनु, घरभित्र अगेनामा आगो बाली घर न्यानो पार्ने, सन्तुलित खाना र पोषणको कमी, रक्तअल्पता आदिले गर्दा धेरैमा दम, ब्रोङकाइटिस, मुटुसम्बन्धी रोग, निमोनिया लाग्ने गर्छ साथै हाइपोथर्मिया भएर मृत्युसमेत हुने गरिरहेको छ ।

अन्त्यमा, सरकारले रोगीको संख्याको चाप बढेपछि स्वास्थ्यचौकी, अस्पताल खोल्ने र जनशक्ति उत्पादन गर्नेतिर लाग्नुभन्दा उक्त रोगका रोकथामका उपायहरू व्यवस्थित गरी जनचेतनामा जोड दिनुपर्छ । मौसमी रोग विषम परिस्थिति तथा महामारीबाट धनजनको क्षति रोक्न मानिसलाई बचाउन समयभन्दा पहिले नै सचेत भई आपत्कालीन तयारी गर्ने गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य